परदेशी मनको डोब
—मेनुका फुयल पर्खालैपर्खालको शहरमा,घाम नि न्यानो लाग्दैन आजकल।काठको चौकी सम्झिन्छु,जहाँ आमा निदाउँथिन् भोकै बेला। बिदेशी चोकका झिलिमिली बत्तीहरू,न मेरो चाड, न मेरो चाल!रातभर जाग्ने यो सहर,मनको निद कतै हरायो जस्तो लाग्छ हाल। पुर्खाको अँगनामा खेल्दा,माटोको गन्ध हुन्थ्यो आत्मामा।अहिले सुनिन्छ सिमेन्टको आवाज,र मुटु भत्किँदै जान्छ भित्रभित्रै घाममा। पत्र लेख्दिन आमा भन्न,मोबाइलमै बन्द छ भावना।बोल्न खोज्दा स्वर […]


