नेपाली संगीत क्षेत्रका प्रतिभाशाली गायक स्वर्गीय Bikram Raiको सम्झनामा समर्पित एक गीत सार्वजनिक भएको छ। “प्रिय विक्रम” सन्देशबाट सुरु हुने “कुलुलु बग्ने” शीर्षक दिइएको यस गीतमा उनको योगदान, समर्पण र उज्यालो व्यक्तित्वलाई भावपूर्ण शब्द र संगीतमार्फत पुन जीवित बनाउने प्रयास गरिएको छ ।

यो गीत केवल एउटा सांगीतिक प्रस्तुति मात्र होइन, बरु एउटा भावनात्मक श्रद्धा.ञ्जली झल्किएको छ, जसले भौतिक रूपमा अनुपस्थित भए पनि आत्मिक रूपमा सधैं साथमै रहेको अनुभूति दिलाउँछ। “तपाईं भौतिक रूपमा हामीमाझ नभए पनि, तपाईंले छोड्नुभएको प्रेरणा र सम्झनाहरू सदैव जीवित रहनेछन्” भन्ने भाव गीतको मूल सन्देश बनाउने कोसिस गरिएको छ।

गीतमा स्वर तथा संगीत स्वर्गीय Bikram Raiकै रहेको छ भने शब्द Iswor Chamlingले लेखेका हुन्। संगीत संयोजन तथा निर्माण Debesh Raiले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ Yogen Mukarungद्वारा गरिएको हो। Sewa Studioमा रेकर्डिङ सम्पन्न गरिएको उक्त गीतले प्राविधिक रूपमा पनि मजबुत प्रस्तुति दिएको छ।
संगीत संयोजनमा आधुनिकता र मौलिक भावनाको सुन्दर मिश्रण भेट्न सकिन्छ, जसले श्रोतालाई सुरुदेखि अन्त्यसम्म भावुक बनाइराख्नेछ ।
गीतको भिडियो निर्माण Puma Filmsको हो भने निर्देशन Rajesh Puma Raiले गरेका हुन्। भिडियोमा Bedana Rai र Saroj Khaling Raiको अभिनय देख्न सकिन्छ।
प्रोडक्सन म्यानेजरको भूमिकामा Dipendra Gautam, सह-निर्देशकमा Arpan Thapa, छायांकनमा Utsav Dahal, सम्पादनमा Bikash Dahal र निर्माणमा Arjuna Raiको योगदान रहेको छ । वार्डरोब (Wardrobe) व्यवस्थापन भने Valentino Boutiqueले गरेको हो।

गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आइरहेको छ । धेरैले यसलाई स्वर्गीय विक्रम राईप्रति सच्चा सम्मान र प्रेमको प्रतीकका रूपमा हेरेका छन् । निर्माण पक्षका अर्जुन राईका अनुसार, दर्शक श्रोताबाट प्राप्त माया र साथले टिमलाई भावुक बनाएको भन्ने कुरा गर्नु भयको छ ।
यो कृति केवल एउटा गीत होइन, सम्झना, माया र प्रेरणाको दस्तावेज बनेर उभिएको छ, जहाँ संगीतले पीडालाई शब्द दिन्छ र सम्झनालाई जीवन दिन्छ ।
उक्त गीत को युट्युब लिङ्क