रङ्गिचङ्गी वागजस्तै, फुल्नुपर्छ देश,
बाँझाे धर्ति हराभरा, झुल्नुपर्छ देश
मत जाल देख्छु म त, पत्र घाेषणाका,
हिमालदेखि तराईमन, घुल्नुपर्छ देश
सुदुर र दुर्गमका, बुझ पीडा नाना, सहरमा भाषण हैन, डुल्नुपर्छ देश
झाेला बाेक्दै परदेश, दिक्कवाक्क आमा,
कवच हैन मुटु भित्र, ~~हुल्नुपर्छ देश
के फल्दैन के फुल्दैन, नेपाल भूस्वर्गमा,
निकास र विकासमा, ~खुल्नुपर्छ देश
पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)