हाम्रो विध्यालय

——युनिक ढकाल

विध्यालयनै हो ज्ञानको कुरा सिकेर आउने ठाउँ
पढ्न लेख्न नयाँ कुरा सिक्न लाग्छ जाउँजाउँ।

नयाँ कुरा सिकाउनुहुन्छ पढ्न र लेख्नलाई
म योग्य हुन्छु,उज्यालो मेरो भविष्य देख्नलाई

असल बाटो हिडाउनलाई बाटो म खन्दैछु
स्कुलमै गई पढि र लेखि शिक्षीत बन्दैछु।

साथिभाईसंग हामि छोदङ्ग खेल्दै र रमाउदै
गुरूआमाले सिकाउनुहुन्छ हातमा समाउदै

शिक्षा लिदैछु पढेर भोलि महान बन्नु छ
उज्यालो छर्दै अन्धकार चिर्दै विहान बन्नु छ।

चोरमा खेल्ने कक्षामा पढ्ने पानि छ धारामा
हामि त सबै पढ्दैछौ स्कुल रमाइलो पारामा।

-युनिक ढकाल
खोटाङ,दि.रू.म.न.पा-०५

Leave a Reply

Back To Top