Author: admin

देश र जीवन बोल्ने तीन मुक्तक

मुक्तक १ सरकार बनाेस् एकलाैटी वा नबनाेस्,मातृभूमि विदेशकाे लँगाैटी नबनाेस् ।आशै आशामा मतपत्र वर्षा सागरझै,नायक पराधिनकाे रखाैटी नबनाेस्। मुक्तक २ द्वार प्रवेश गर्दा, बिचरा बन्याे ऊछनक उधुमका, सितारा बन्याे ऊ।मान मनिताेलाई, संझियाे विजय,मात उम्लिएर नै, बिगारा बन्याे ऊ । मुक्तक ३ गहका आँसु, पियाई नहेर,मर्याे कि बाँच्याे, चियाई नहेर ।नजाने गाउँकाे, बाटै बन्द गरे भाे,जसरी […]

“बाध्यताको वक्रता”

प्रतीक्षाको ओसिलो साँझ,म लेखिरहेछु तिम्रो नाम कुहिरोका पातहरूमाबिना बर्षा रूझिरहेछसमय,उ एक थकित यात्रुझैँ, घरी घाम भएर हाँस्छ त घरी शितका थोपा जस्तै टिलपिलाउँछ आँखाभरी।पृथ्वी गोलो छ,हाम्रा पाइला हराएका छन् त्यही वक्रतामा,धेरै बसन्तहरू ओझेल परेपछिकहि कतैघाम र छायाँको संगमबिन्दुमाकुनै अज्ञात मोडमा वाटहटह जुन फुलेको साँझमातिमी र म,अनायास भेट हुन पनि सक्छौंत्यो बेलामेरा आखाले प्रश्न गर्न सक्छनकानले […]

नयाँ नेपालको सानो बीउ रोपियो भन्ने आसा

रुखको छायाँमुनिचौतारीको चियापसलमाफेरि गफ जमेको छ । कोही चिया सुर्काउँदै,कोही चुरोट सल्काउँदै,कोही हाँस्दै,कोही आफ्नो पाटीकोहार्को पीडा लुकाउँदै। चुनाव सकियो,पोस्टरहरू फाटे,नारा हराए,तर चौतारामाहाल्लिखल्लि मच्चि रहेछ कसैले भदै छनअरूको खेदो खन्नु हुँदैन,किनकि खाल्डो खन्दाकहिलेकाहीँ आफैँ फस्निन्छ थप्दै छन फेरीधेरै लोभ गर्नु हुँदैन,लोभले आँखा बन्द गराउँछ,अनि बन्द आँखा लिएरमान्छे बाटोमै लड्छ। कोहि सम्झाइदैछनअति गर्नु हुँदैन,अत्याचार सधैं टिक्दैन,समयको हावा […]

दलिइन्छ कुन रङ्ग, न होलीको ठेगान छ

दलिइन्छ कुन रङ्ग, ~न हाेलीकाे ठेगान छ,वर्षादकाे भलवाढी, न खाेलीकाे ठेगान छ कतै छाेटाे कतै लामाे, ~अङ्ग अङ्ग भताभेङ्गै,उन्मादमा प्याट्ट फुट्ने, न चाेलीकाे ठेगान छ यताउता दही चिउरे, अनायसै पड्कि दिने,न टाेलीकाे ठेगान छ, न गाेलीकाे ठेगान छ दिन्छ दिन्न थाहा छैन, भीक अनि कन्यार्थमा,न झाेलीकाे ठेगान छ, न डाेलीकाे ठेगान छ कठैबरी चाेचाेमाेचाे, अस्ताईन्छ […]

आज होलि भोलि होलि, पर्सि चुनावमा

होलि संगै चुनावी बोली छ,आज होलि भोलि होलि,पर्सि चुनावमा भोट मलाईभोटको मिठो बोली छ । रङ्ग छरिन्छ गल्ली गल्ली,नारा गुन्जिन्छ टोलै टोलि,हिजोसम्म चुप बस्नेहरूआज भन्छन् म नै जनताका साथी। रातो अबिर, हरियो आशा,निलो सपना, पहेलो भाषा,पाँच वर्ष नदेखिने अनुहारलेआज देखायो माया कति खासा ? ढोल बज्छ, मादल घन्किन्छ,हात जोड्दै नेता घुम्छन् बाटोमा,होलिको रङ्ग जस्तै बाचा […]

स्वर्गीय बिक्रम राइको सम्झनामा सार्वजनिक भयो भावनात्मक श्र.द्धाञ्जली गीत

नेपाली संगीत क्षेत्रका प्रतिभाशाली गायक स्वर्गीय Bikram Raiको सम्झनामा समर्पित एक गीत सार्वजनिक भएको छ। “प्रिय विक्रम” सन्देशबाट सुरु हुने “कुलुलु बग्ने” शीर्षक दिइएको यस गीतमा उनको योगदान, समर्पण र उज्यालो व्यक्तित्वलाई भावपूर्ण शब्द र संगीतमार्फत पुन जीवित बनाउने प्रयास गरिएको छ । यो गीत केवल एउटा सांगीतिक प्रस्तुति मात्र होइन, बरु एउटा भावनात्मक श्रद्धा.ञ्जली […]

खियामा राइको म लफ्याङ्को सडक हुँ कबिता

म बोल्दैछुदिक्तेलको छेउबाट साकेलातिर जाने बाटो,तपाईंको भाषणको बिरुवा होइन,जनताको पसिनाले सिंचित पीडाको फुलबारी हुँ म। बर्षौं भयोसुन्दै आएको छु“अब यो सडक कालोपत्रे हुन्छ,”“बजेट पास भइसकेको छ,”“प्रक्रियामा छ”तर मेरो छातीमा आज पनि खाल्डा छन्,हिलाम्य घाउ छन्,र जनताको विश्वास च्यातिएको जस्तो छ। बर्खामा म बग्छु, हिउँदमा म उड्छुतर तिमी, नेताज्यू,चुनाव आए मात्रै आउँछौ,त्यसपछिका वर्षहरूमा त म तिमीलाई […]

झिमिझम परेली ती, लुक्छन् गाजलभित्र

रवि किरण बादलभित्र, मायाँ आँचलभित्र,झिमिझम परेली ती, लुक्छन् गाजलभित्र सारङ्गीका तारै तार, ~ कति मिठा धूनहरूदादरा र झ्याउरे बाेल, लुकछन् मादलभित्र, जीव अजीवका यात्रा, उर्जा पाउन्जेलका,खपाखपी प्राणशक्ति, लुक्छन् चामलभीत्र सकस हुन्छ पिंजडामा, जीवन व्यतित गर्दा,कुक्कु काफल चरिवरी, लुक्छन् काफलभित्र सतहमै कहाँ मिल्छन्, जीवनका सफलता,हीरा माेती सून चाँदी, ~धरती खाडल भीत्र पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)

फुल्नुपर्छ देश,बाँझाे धर्ति हराभरा, झुल्नुपर्छ देश

रङ्गिचङ्गी वागजस्तै, फुल्नुपर्छ देश,बाँझाे धर्ति हराभरा, झुल्नुपर्छ देश मत जाल देख्छु म त, पत्र घाेषणाका,हिमालदेखि तराईमन, घुल्नुपर्छ देश सुदुर र दुर्गमका, बुझ पीडा नाना, सहरमा भाषण हैन, डुल्नुपर्छ देश झाेला बाेक्दै परदेश, दिक्कवाक्क आमा,कवच हैन मुटु भित्र, ~~हुल्नुपर्छ देश के फल्दैन के फुल्दैन, नेपाल भूस्वर्गमा,निकास र विकासमा, ~खुल्नुपर्छ देश पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)

जाल झेल ईर्ष्या रिस, पाेका हुन्छ पापी मन,

जाल झेल ईर्ष्या रिस, पाेका हुन्छ पापी मन,लटर पटर कुम्ल्याउने, भाेका हुन्छ पापी मन गुन गर्याे बैगुन तिर्छ, साेझाे भन्याे सुन्छ बाङ्गै,मायाँ जती भर्याे चुहिने, डाेका हुन्छ पापी मन काम सार्याे दु:ख बिर्स्याे, मुखराम बगली छुरा,जतिखेरै छिर्के दाउकाे, धाेका हुन्छ पापी मन फेद बसी जरै काट्छ, साथीसाथी नाता जाेडी,निउँ पिउँमा डहिरहने, फाेका हुन्छ पापी मन […]

Back To Top