दलिइन्छ कुन रङ्ग, ~न हाेलीकाे ठेगान छ,वर्षादकाे भलवाढी, न खाेलीकाे ठेगान छ कतै छाेटाे कतै लामाे, ~अङ्ग अङ्ग भताभेङ्गै,उन्मादमा प्याट्ट फुट्ने, न चाेलीकाे ठेगान छ यताउता दही चिउरे, अनायसै पड्कि दिने,न टाेलीकाे ठेगान छ, न गाेलीकाे ठेगान छ दिन्छ दिन्न थाहा छैन, भीक अनि कन्यार्थमा,न झाेलीकाे ठेगान छ, न डाेलीकाे ठेगान छ कठैबरी चाेचाेमाेचाे, अस्ताईन्छ […]
झिमिझम परेली ती, लुक्छन् गाजलभित्र
रवि किरण बादलभित्र, मायाँ आँचलभित्र,झिमिझम परेली ती, लुक्छन् गाजलभित्र सारङ्गीका तारै तार, ~ कति मिठा धूनहरूदादरा र झ्याउरे बाेल, लुकछन् मादलभित्र, जीव अजीवका यात्रा, उर्जा पाउन्जेलका,खपाखपी प्राणशक्ति, लुक्छन् चामलभीत्र सकस हुन्छ पिंजडामा, जीवन व्यतित गर्दा,कुक्कु काफल चरिवरी, लुक्छन् काफलभित्र सतहमै कहाँ मिल्छन्, जीवनका सफलता,हीरा माेती सून चाँदी, ~धरती खाडल भीत्र पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)
फुल्नुपर्छ देश,बाँझाे धर्ति हराभरा, झुल्नुपर्छ देश
रङ्गिचङ्गी वागजस्तै, फुल्नुपर्छ देश,बाँझाे धर्ति हराभरा, झुल्नुपर्छ देश मत जाल देख्छु म त, पत्र घाेषणाका,हिमालदेखि तराईमन, घुल्नुपर्छ देश सुदुर र दुर्गमका, बुझ पीडा नाना, सहरमा भाषण हैन, डुल्नुपर्छ देश झाेला बाेक्दै परदेश, दिक्कवाक्क आमा,कवच हैन मुटु भित्र, ~~हुल्नुपर्छ देश के फल्दैन के फुल्दैन, नेपाल भूस्वर्गमा,निकास र विकासमा, ~खुल्नुपर्छ देश पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)
जाल झेल ईर्ष्या रिस, पाेका हुन्छ पापी मन,
जाल झेल ईर्ष्या रिस, पाेका हुन्छ पापी मन,लटर पटर कुम्ल्याउने, भाेका हुन्छ पापी मन गुन गर्याे बैगुन तिर्छ, साेझाे भन्याे सुन्छ बाङ्गै,मायाँ जती भर्याे चुहिने, डाेका हुन्छ पापी मन काम सार्याे दु:ख बिर्स्याे, मुखराम बगली छुरा,जतिखेरै छिर्के दाउकाे, धाेका हुन्छ पापी मन फेद बसी जरै काट्छ, साथीसाथी नाता जाेडी,निउँ पिउँमा डहिरहने, फाेका हुन्छ पापी मन […]
शिवजी
हे शिव!यो देश रक्षा गर अब!!
हे प्यारा शिवजी परें शरणमा यो देश रक्षा गर!शिक्षा कर्म बुझेँ झुकेँ चरणमा यो देश रक्षा गर!! वन्दे भन्न सिकेन देश-जनले संस्कार टाढा गयो!यो जो शोक बढी भयो मरणमा यो देश रक्षा गर!! देशै टुट्न गयो स्वधर्म पर भो कानूनमा भ्रष्टताशब्दज्ञान घटी गए हरणमा!यो देश रक्षा गर!! रक्षा गर्दछ को सिवाय शिव छौ!निर्धो म लाचार […]
मेरो नाम तिम्रो ओठमा नझरेको धेरै भयो
मेरो नाम तिम्रो ओठमा नझरेको धेरै भयोमुस्कानसँगै मनको कुरा नगरेको धेरै भयो चिसो साँझले सम्झनाको आगो बाल्दै छन्यानो त्यो अँगालोमा नपरेको धेरै भयो आँखाभरि सपनाका बादल मडारिन्छन्इन्द्रेणी सँगै नाच्दै माया नगरेको धेरै भयो स्मृतिको बाटो मा मता एक्लै हिँड्दै छुहातसमाई संगैहिड्ने सपना टरेको धेरै भयो मायाको धुन मनमै गुन्जिरहे छ सम्झना सपनाको गीत गाउदै यादा […]
पहिचानी बँचाईमा, शान हुन्छ स्वाधिनता
कुठाउँमा मनपेट, ~खाेलेरै बिग्रन्छ मान्छे,कताकता एकाेहाेराे, टाेलेरै बिग्रन्छ मान्छे शब्द बिना चुप हैन, हाे ख्याल पर आँचमा,प्याच्चप्याची अपशब्द, बाेलेरै बिग्रन्छ मान्छे खान पाए आहाहाहा,~कति धेरै मित्रहरू,उल्फा धन फुपूश्राद्ध, ढाेलेरै बिग्रन्छ मान्छे काेही कतै आकाशबाट, खसी ठूलाे भाकाेहैन,छलछाम वंश इज्जत, ~पाेलेरै बिग्रन्छ मान्छे पहिचानी बँचाईमा, ~~शान हुन्छ स्वाधिनता,पराधिन भै परपाऊ, ~ ~माेलेरै बिग्रन्छ मान्छे पुन्य प्रसद […]
स्वतन्त्र गजल
जाे आए नि गर्छु भन्छन्, गर्दैनन् रे जनगुनासाे,सकारात्मक साेच वीज, छर्दैनन् रे जनगुनासाे भिन्न -भिन्न चाेर शैली ~, काम दाम भरष्टाचारी,ताेकिएकाे तलव भत्ता, ~चर्दैनन् रे जनगुनासाे मेरा गाेरू बार्है टक्का, जुँगा ताउ नव पुरानाका,गल्तीहरू सच्चिई तल, ~झर्दैनन् रे जनगुनासाे गरिहाल्छाैं भैहाल्छ नि, ~ लली पप थेगाहरू,भरथेगकाे हात जँघार, ~ तर्दैनन् रे जनगुनासाे मत पायाे सत्ता […]
सहरका हिटरभन्दा, घुरको राप नै प्यारो छ
कठाङ्ग्रिने तुसारोमा मकै भुट्ने घान हुन्छ,अगेनाको तातो खरानी, गाउँको मुहान हुन्छ। कुइयाले ढाक्यो पाखा, लुगलुग काप्छन् बूढापाका,सिरेटोसँग जुध्नलाई, परालकै तैयान हुन्छ। बासी गुन्द्रुक, कोदोको ढिँडो, ओइलाएका सागहरू,चिसो छिर्ने सप्कोभित्र, आत्मीयताको ज्यान हुन्छ। ए सानी! नजाऊ धारा, हात खुट्टा फुट्लान् नि,यो चिसोमा ढुङ्गाको पनि, खै किन अडान हुन्छ? सहरका हिटरभन्दा, घुरको राप नै प्यारो छ,जहाँ मान्छेको […]