सम्झनामा मेरो मात्तिम

मता गाउँले बाध्यता, परदेशिनु भाग्य मेरो भयो।
शिक्षा लिने नाममा, श्रमिक बन्नु सामान्य भयो।

झुल्किन्छन् ती साँघुरा, गोठाला बाटा सधैँ
भुल्न खोजे नि जन्मथलो, सम्झनामा ताजै भयो।

सहरभित्र भीड मा छु तर सुनसान आत्मा छ
चिसो छ त्यो सम्बन्ध, न्यानो गाउँ टाढै भयो।

भन्छन् बदलियो गाउँ, बाटो राम्रो सान को छ रे
तर मनमा उही अघिको, अफ्ठेरो माटो राजा भयो।

म मेनुकाको कलम रोयो, यादको रस बगायो
कल्पनामै आमालाई, अँगालो हाल्दा नसा भयो।

सपना बेच्दै हिँड्दा, आज म कतै कतै हरायो जस्तो
तर सम्झनामा मेरो मात्तिम, मुटुभरि सजायोको भयो

-मेनुका फुयल

Leave a Reply

Back To Top