दलिइन्छ कुन रङ्ग, न होलीको ठेगान छ

दलिइन्छ कुन रङ्ग, ~न हाेलीकाे ठेगान छ,
वर्षादकाे भलवाढी, न खाेलीकाे ठेगान छ

कतै छाेटाे कतै लामाे, ~अङ्ग अङ्ग भताभेङ्गै,
उन्मादमा प्याट्ट फुट्ने, न चाेलीकाे ठेगान छ

यताउता दही चिउरे, अनायसै पड्कि दिने,
न टाेलीकाे ठेगान छ, न गाेलीकाे ठेगान छ

दिन्छ दिन्न थाहा छैन, भीक अनि कन्यार्थमा,
न झाेलीकाे ठेगान छ, न डाेलीकाे ठेगान छ

कठैबरी चाेचाेमाेचाे, अस्ताईन्छ अनिस्चितै,
न लाेलीकाे ठेगान छ, न भाेलीकाे ठेगान छ

पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)

Back To Top