परदेशी मनको डोब

—मेनुका फुयल

पर्खालैपर्खालको शहरमा,
घाम नि न्यानो लाग्दैन आजकल।
काठको चौकी सम्झिन्छु,
जहाँ आमा निदाउँथिन् भोकै बेला।

बिदेशी चोकका झिलिमिली बत्तीहरू,
न मेरो चाड, न मेरो चाल!
रातभर जाग्ने यो सहर,
मनको निद कतै हरायो जस्तो लाग्छ हाल।

पुर्खाको अँगनामा खेल्दा,
माटोको गन्ध हुन्थ्यो आत्मामा।
अहिले सुनिन्छ सिमेन्टको आवाज,
र मुटु भत्किँदै जान्छ भित्रभित्रै घाममा।

पत्र लेख्दिन आमा भन्न,
मोबाइलमै बन्द छ भावना।
बोल्न खोज्दा स्वर डराउँछ,
कि भक्कानिएर रोएला छायामा।

कहिलेकाहीँ लाग्छ
सपना बोक्ने भारी अलिकति हल्का भए हुन्थ्यो।
तर मन भन्छ,
यो दुख पनि आमाको हातझैँ न्यानो भए हुन्थ्यो।

-Menuka phuyal
Mattim khotang

Leave a Reply

Back To Top