फुल रोपि मायाको प्रिय संग संगै गोडौला
– सरोज फुयाल फुल रोपि मायाको प्रिय संग संगै गोडौलाछोड्नै परे यो जोवन प्रिय संग संगै छोडौला कुराकाट्लान् सारा दुनियाँ तिम्रो मेरो मायाकोदुःखे मुटु चर्के मन हाम्रो माया प्रेम हामि भोगौला झिलिमिलि छुट्टै संसार दुवै मिलि बनाउलाटुटे मुटु छुटे माया नुनेसोझो पिरति रोजौला हरियाली बहार टिपी रंग मञ्च सजाउलाधड्के मुटु चर्के छात्ति लौन माया मा […]
तिम्रो बाटो सम्झिन्न भन्छु
भो तिम्रो सपना देख्दिन भन्छुतर सम्झनामा आउँछौ किन? रातभरि मेरो निद्रा हराउँछ यहाँसपना भनी छलेर आउँछौ किन? मौनताको कथा लेख्न खोज्छुतर नाम तिम्रै पोखिन्छ किन? भुल्न खोज्दा झन् नजिक हुन्छौपर जाउँ भन्छु, फर्किन्छौ किन? आँसु पुछेर अघि बढ्न चाहन्छुतर दिलमै बस्छौ फेरि किन? भो तिम्रो बाटो सम्झिन्न भन्छुतर मुटु भित्र बाँचिरहन्छौ किन?
शिक्षक बाट आदरणीय रामकुमारी झाँक्रीलाई खुला पत्र
आदरणीय रामकुमारी झाँक्री दिदी,मेरो नमस्कार। हालै तपाईंको दिनु भयको अभिव्यक्ति शिक्षकहरूले बढी नै रमिता देखाए भन्ने रछ । त्यो सुनेपछि हामी शिक्षकमाझ एक प्रकारको निराशा, दुःख र प्रश्नको आँधी आयको छ । “रमिता” भन्नाले तपाईं के बुझाउनु चाहनु भएको हो? मलाई त्यसको परिभाषा खोज्नै पर्ने स्थितिमा पारेको छ तपाईंको उक्त अभिव्यक्तिले विगतका केही घटनाहरू सम्झिएँ१. […]
अहिलेका नारि पुरुषलाइ भारी
CNN Hero अनुराधा कोइराला, साहसको प्रतिक बनेकी पासाङ ल्हामु शेर्पा, आन्दोलनकी अग्रदूत मानिने मंगलादेवी सिंह, शक्तिशाली विचार र सत्यका लागि लड्ने साहस भएकी योग माया न्यौपाने जस्ता नारिको नाम सुन्दा मात्र गर्ब लाग्ने अनि आत्मविश्वास र सम्मानको आखा जान्छ । नाम मात्र लेख्दा पड्दा आखा ठुला ठुला हुन्छ ।तर आजका नारिहरु देखि मेरो आखा बिझाइ […]
स्वार्थी दुनिया
दुनिया स्वार्थी छ मेरो अन्तिम सास, आमाको काखमा परोस्, मेरो विचार र सिदान्तको पछुतो, अन्तिममा तिम्रो घाटमा परोस् ।। प्रगति त केही छैन मेरो सानो, सफलतामै जलेका छौ तिमीहरू, मेरो सफलतामा जल्ने तिमीलाई, साँच्चै मेरो एकदिन अभावमा परोस् ।। मलाई सधैं एक्लै देखेर मेरो सपनाको, हत्या गर्ने तिमी पनि साँच्चै, तिम्रो अन्तिम अवस्था ती मलामीहरू, […]
औकात
औकात नसोध मेरो तिम्रो जस्तो खान्दानी छैन, तिम्रो स्वतन्त्र जिन्दगीमा मेरो कुनै निगरानी छैन।। कुन हैसियतले परिचित छौ तिमी तिम्रो आफन्त सामु, अपरिचित छु म त आफै सँग मेरो चिनजानी छैन।। अह तिमी आफैसँग पनी मेरो अब तुलना हुँदैन सुन, असाधारण क्षमता छ मेरो तिम्रो जस्तो लगानी छैन ।। रातमा देखिने सपना सँग त भबिस्य […]
चारु
कोहीआई नयाँ नाटक गर्नै लागेछघरभित्रै महाभारत पर्नै लागेछ। भन्नलाई जे भने नि चाल पाइयोबसाइँ त अर्कैतिर सर्नै लागेछ । बालकैले थाहा पाए सोधे सुटुक्कविश्वासको सीमा रेखा टर्नै लागेछ। फेरि उस्तै देख्नु पर्यो नयाँ नायकलाज सबै पचाएर झर्नै लागेछ । त्यो आदर्श कता गयो कस्तो अचम्म !सबैथोक लक्ष्मी मानी मर्नै लागेछ । -खगेन्द्र बस्याल
आदत
हरेक पटक फूल देख्दाआफ्नै नियति बिर्सन्छु,जिन्दगी सम्झन्छु। बाटाेमात्रै देखेँभनेपाईला बिर्सन्छु,यात्रा सम्झन्छु। चराहरू देखेँभनेउचाई बिर्सन्छु, उडान सम्झन्छु। सुस्तरी बतासले छाेईगएदुख बिर्सन्छु ,सपनाहरू सम्झन्छु। निलाे आकाश देख्छुआफ्नै आयतन बिर्सन्छु,चाहानाकाे फैलावट सम्झन्छु। जबसबथाेक एकैचोटि देख्छु, सबै बिर्सन्छुतिमिलाई सम्झन्छु। -Subhachandra rai
धुम्रपान
धुम्रपान हाम्रो बनावटि आराम जाड रक्सी हाम्रो बनावटि रमाइलो चाउचाउ बिस्कुट जंक फूड कृतिम खाना हिरो हिरोइनहरु हाम्रा देखावटि रोल मोडेल एक आपसको कृडा हाम्रा ति नतमस्त आनन्द सुख हाम्रा यि सामाजिक सञ्जाल कृत्रिम संचार जस्ले सस्तो डोपामाइनको काम गरि रहेछ्न हरेक बाहाना ले मान्छेमा लत लागिरहेको छ । हामि ले त्याग्नु पर्ने छोड्नु पर्ने […]

