
दुनिया स्वार्थी छ मेरो अन्तिम सास,
आमाको काखमा परोस्,
मेरो विचार र सिदान्तको पछुतो,
अन्तिममा तिम्रो घाटमा परोस् ।।
प्रगति त केही छैन मेरो सानो,
सफलतामै जलेका छौ तिमीहरू,
मेरो सफलतामा जल्ने तिमीलाई,
साँच्चै मेरो एकदिन अभावमा परोस् ।।
मलाई सधैं एक्लै देखेर मेरो सपनाको,
हत्या गर्ने तिमी पनि साँच्चै,
तिम्रो अन्तिम अवस्था ती मलामीहरू,
हराउने भीडमा परोस् ।।
सुखमा मातिएका छौ मेरा पाईलामा,
जाल थापेर हिँड्ने तिमी,
एकदिन साँच्चै तिम्रो आफ्नै खुट्टा,
तिम्रो आफ्नै जालमा परोस् ।।
जुनकला सापकोटा (चम्पा), खोटेहाङ -३, खोटाङ