तिम्रो बाटो सम्झिन्न भन्छु

भो तिम्रो सपना देख्दिन भन्छु
तर सम्झनामा आउँछौ किन?

रातभरि मेरो निद्रा हराउँछ यहाँ
सपना भनी छलेर आउँछौ किन?

मौनताको कथा लेख्न खोज्छु
तर नाम तिम्रै पोखिन्छ किन?

भुल्न खोज्दा झन् नजिक हुन्छौ
पर जाउँ भन्छु, फर्किन्छौ किन?

आँसु पुछेर अघि बढ्न चाहन्छु
तर दिलमै बस्छौ फेरि किन?

भो तिम्रो बाटो सम्झिन्न भन्छु
तर मुटु भित्र बाँचिरहन्छौ किन?

    ——सरोज फुयाल

Leave a Reply

Back To Top