कोहीआई नयाँ नाटक गर्नै लागेछ
घरभित्रै महाभारत पर्नै लागेछ।
भन्नलाई जे भने नि चाल पाइयो
बसाइँ त अर्कैतिर सर्नै लागेछ ।
बालकैले थाहा पाए सोधे सुटुक्क
विश्वासको सीमा रेखा टर्नै लागेछ।
फेरि उस्तै देख्नु पर्यो नयाँ नायक
लाज सबै पचाएर झर्नै लागेछ ।
त्यो आदर्श कता गयो कस्तो अचम्म !
सबैथोक लक्ष्मी मानी मर्नै लागेछ ।
-खगेन्द्र बस्याल