औकात

औकात नसोध मेरो तिम्रो जस्तो खान्दानी छैन,

तिम्रो स्वतन्त्र जिन्दगीमा मेरो कुनै निगरानी छैन।।

कुन हैसियतले परिचित छौ तिमी तिम्रो आफन्त सामु,

अपरिचित छु म त आफै सँग मेरो चिनजानी छैन।।

अह तिमी आफैसँग पनी मेरो अब तुलना हुँदैन सुन,

असाधारण क्षमता छ मेरो तिम्रो जस्तो लगानी छैन ।।

रातमा देखिने सपना सँग त भबिस्य खोज्दै हिड्ने तिमी,

विपनामै हेर् त यहाँ मेरो टाउको अड्याउने सिरानी छैन ।।

जुनकला सापकोटा (चम्पा), खोटेहाङ -३, खोटाङ

Leave a Reply

Back To Top