हरेक पटक फूल देख्दा
आफ्नै नियति बिर्सन्छु,जिन्दगी सम्झन्छु।
बाटाेमात्रै देखेँभने
पाईला बिर्सन्छु,यात्रा सम्झन्छु।
चराहरू देखेँभने
उचाई बिर्सन्छु, उडान सम्झन्छु।
सुस्तरी बतासले छाेईगए
दुख बिर्सन्छु ,सपनाहरू सम्झन्छु।
निलाे आकाश देख्छु
आफ्नै आयतन बिर्सन्छु,चाहानाकाे फैलावट सम्झन्छु।
जब
सबथाेक एकैचोटि देख्छु, सबै बिर्सन्छु
तिमिलाई सम्झन्छु।
-Subhachandra rai