दल बदल्दै भिक्षा माग्छझाेले राजनीतिनशालट्ठै स्टाटस् हान्छभाेले राजनीति जितकैलागि जे पनि गर्छचुतिया राजनीतिआजै जितें भाेलि जितेंमेडिया राजनीति मन्दिर गई पूजाआजा,भाकले राजनीतिजनतामाथि अत्याचारबादले राजनीति एजेण्डा भन्दा खैराे खन्छगाली राजनीतिनातागाेता बन्द सूचिमासाली राजनीति देख्लास् पख्लास् ढाड सेक्छुभाटे राजनीतिउमेद्वारीमै आयातित लर्काघाटे राजनीति तै जितिहालिन्छ उमेदवारीअक्कले राजनीतिखुट्टै ढाेग्छ राेटी बेल्छनक्कले राजनीति दाेर्याई तेहेर्याई माफी माग्छबिन्ते राजनीतिमत दिनुस् भन्दै रून्छपिन्चे […]
चुनावी मौसम र मौसमी विकास
हिजोआज उखु काटिन थालेका छन, डोजर कुद्न थालेका छन ।बुढापाकाका खुट्टा ढोगिन थालेका छन ।कतै जमिन जोतिन थालेका छन, शहर सफा हुन थालेका छन । हिजोआज अचानक अनेकौ नया नयाँ, राम्रा राम्रा दृश्य देखिन थालेका छन ।आम नागरिकलाई कसैले सूचना दिनु पर्दैन सुचना घर घर पुग्दै छन । किनकि चुनाव नजिकिँदै छ। हाम्रो देशमा चुनाव […]
चुनाव
माहोल तातियो,शहरबजार भरियोआजभोलि विकास र समृद्धिकोनारा गुन्जियो ,फेरि पनि गाउँगाउँमा सिंह दरबारकोसपना बुनियो । कतै खेतबारी जोतियोकतै अनेक थरीका काम गरियोकतै यस्तो पनि देखियोअगाडि जितेर गएको नेतापहिलोपल्ट गाउँमा देखियो । कसैले जित्छन् , त कसैले हार्छन्जितेकाहरू राजधानी छिर्छन्अनि उही जिताएका जनतालाईथर्काउँछन् शक्ति कब्जा गर्छन्धनीलाई धनी बनाउँछन्गरिब…….गरिब नै रहन्छन् । यसैउसै गरी कमाउँछन् ,जनताको आँखामा छारो भर्नबाटो […]
बा
मैले नदेखेको तिम्रो कर्तव्यको काधअहिले आफै देख्दै छु ।तिम्रा फुलेको केश संगमेरो प्रगतिको कण मिसिएको छ ।आज अहो पत्तै नपाइमलाइ खुट्टा टेकाउने बहानामातिम्रो चाउरिएको गालाकोआयतन निकाल्न मन छ तिम्रो पसिनाले मेरो छाना भरेको छमेरै प्रगतिको निम्ति तिमीले गोरुहलो र कोदालिसंग लुकामारी गरेको अझैताजै छठुलदाइको रिण तिर्न नसक्दाझिसमिसैमै सोलुको बाटो तय गरेकोअझै आलै छतिम्रो मुस्कानसंग मेरो […]
“निरमाया” लिम्बु र राईको सुमधुर स्वरमा नयाँ गीत सार्वजनिक
नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘निरमाया’ सार्वजनिक भएको छ । भावनात्मक शब्द र सुमधुर संगीतले सजिएको यस गीतमा बिना लावती लिम्बु र मनोज साङ्सोन राईको स्वर रहेको छ । गीतको रचना कमला प्रधानले गरेकी हुन् भने संगीत संयोजन मनोज साङ्सोन राईको रहेको छ । प्रेम, संवेदना र जीवनका मौन अनुभूतिलाई कलात्मक रूपमा प्रस्तुत गरिएको ‘निरमाया’ […]
समय,समाज र संवेदनाको सजिव दस्ताबेज-घुम्ती बिक्रिमा छ।
समकालीन नेपाली कविताको भीडभाडबीच कवि ऋजन मायालुको नवीन कविताकृति “घुम्ती बिक्रिमा छ” एउटा रैथाने स्वादसहितकाे, आत्मीय र अत्यन्त जीवन्त कविताहरूकाे नयाँ संग्रहकाे रूपमा बजारमा आएकाे छ। कविले “चुचुरो अनि स्वास्नी मान्छेहरू” हुँदै “उज्यालाेका मालिहरू”मा पनि मिसिएर अझ परिस्कृत भएर घुम्ती बिक्रिमा छ सम्म आईपुग्दा आफ्ना व्यक्तिगत मानवीय भोगाइ, सामाजिक,राजनैतिक व्यवस्था,प्रकृति र पर्यावरणका मुद्दाहरूमाथिकाे विचार र […]
घर हाम्रो भोजपुर’ सार्वजनिक, भोजपुरको माटो–संस्कृति बोल्ने नयाँ गीत
भोजपुरको पहिचान, माटोको सुगन्ध र जन्मभूमिप्रतिको आत्मीयता बोकेको नयाँ गीत ‘घर हाम्रो भोजपुर’ सार्वजनिक गरिएको छ। गीत हालै युट्युबमार्फत दर्शक–श्रोतामाझ आइ सकेको छ । गीतका शब्द बिमल खेवाछाली सुलोभले लेखेका हुन् भने संगीत मनोज सांग्सोन राईले दिएका छन्। गीतमा मनोज सांग्सोन राई र जुनी खालिङ राईको सुमधुर स्वर सुन्न सकिन्छ। ‘घर हाम्रो भोजपुर’ गीतले भोजपुर […]
पाथीभरामा सात साहित्यिक कृति एकसाथ लोकार्पण
पूर्वी नेपालमा साहित्य कर्ममा सक्रिय सातजना कविहरूका हालै प्रकाशित कृतिहरू पाथीभरा मन्दिर परिसरमा एकसाथ लोकार्पण गरिएको छन । उन्मुक्त साहित्य संगमको आयोजनामा सम्पन्न कार्यक्रममा कविहरूले आफ्ना कृतिबाट कविता वाचन गर्दै साहित्यिक वातावरण सिर्जना गरेका थिए। कार्यक्रममा इलामका कवि दर्शन सरकार (घिमिरे) को हृदयको उल्टो यात्रा, कविता राई गाउँलेको फाटकमा घाम, हाङयुग अज्ञातको हाङयुग अज्ञातका कविताहरू, […]
दिपेन्द्र थामीको कविता – कुन्ज प्रकृति बैशले
वर्तनवाती सम्बन्ध कहाँ? दीयाेबाट छुटेपछि
वर्तनवाती सम्बन्ध कहाँ? दीयाेबाट छुटेपछि,परिवारमा मिलन कहाँ, मियाेबाट छुटेपछि सन्तानकाे रेखदेख? अभिभावक कर्तव्य,बालबालिका मनलागी, चियाेबाट छुटेपछि लगनगाँठाे कसेपछि, दन्तबजान गर्नु किन?डण्डी पनि एकलिन्छ, बियाेबाट छुटेपछि जराकाण्ड पातफल, सबकाे आफ्नै अस्तित्व,झम्झमाउँछन् नसाहरू, फियाेबाट छुटेपछि लामाे भनी के गर्व र? फूर्ती गर्नु बेकार छ,धागाे हुन्छ असरल्लै, सियाेबाट छुटेपछि फेस्बुक कबि पुन्य प्रसद घिमिरीबैत्यस्वर ६ दोलखा