चुनाव

माहोल तातियो,
शहरबजार भरिय‍ो
आजभोलि विकास र समृद्धिको
नारा गुन्जियो ,
फेरि पनि गाउँगाउँमा सिंह दरबारको
सपना बुनियो ।

कतै खेतबारी जोतियो
कतै अनेक थरीका काम गरियो
कतै यस्तो पनि देखियो
अगाडि जितेर गएको नेता
पहिलोपल्ट गाउँमा देखियो ।

कसैले जित्छन् , त कसैले हार्छन्
जितेकाहरू राजधानी छिर्छन्
अनि उही जिताएका जनतालाई
थर्काउँछन् शक्ति कब्जा गर्छन्
धनीलाई धनी बनाउँछन्
गरिब…….
गरिब नै रहन्छन्  ।

यसैउसै गरी कमाउँछन् ,
जनताको आँखामा छारो भर्न
बाटो बनाए जस्तो गरी
गरिबको बारी भत्काउँछन्
घर, जग्गा, गाडी जोड्छन्
र…….
अर्को पटकको लागि बचत गर्छन्
अनि फेरि पनि चुनाव लड्छन् ।

०००

मिलन राई
ईलाम

Back To Top