नेपाली सांगीतिक क्षेत्रमा नयाँ गीत ‘निरमाया’ सार्वजनिक भएको छ । भावनात्मक शब्द र सुमधुर संगीतले सजिएको यस गीतमा बिना लावती लिम्बु र मनोज साङ्सोन राईको स्वर रहेको छ ।

गीतको रचना कमला प्रधानले गरेकी हुन् भने संगीत संयोजन मनोज साङ्सोन राईको रहेको छ । प्रेम, संवेदना र जीवनका मौन अनुभूतिलाई कलात्मक रूपमा प्रस्तुत गरिएको ‘निरमाया’ श्रोतालाई भावनात्मक यात्रामा लैजाने खालको छ ।

गीत भिडियो युट्युबमार्फत सार्वजनिक भयको छ । सरल प्रस्तुति र आत्मीय भावले भरिएको यस गीतले छोटो समयमै दर्शक तथा श्रोताको ध्यान तान्ने अपेक्षा गरिएको छ ।
सर्जक टिमले सबै संगीतप्रेमीलाई गीत सुनेर प्रतिक्रिया दिन आग्रह गरेको छन ।
गीतको लिंक