पक्ष बिपक्ष कचहरी, कुराकानी निषेध गर्याै,सर्वसत्ता कार्यशैली, शुभबानी निषेध गर्याै सिपालु हाै मछुवार, दुवालीका उखान तुक्का,अन्धकार कुर बनाइ, धमिलाेपानी निषेध गर्याै बन्से केश झर्दै झर्दै, ताक्लू भाकाे थाहा छैन,तर्क राख्ने मित्रहरू, जानिजानी निषेध गर्याै मनै ठिक मेरै ठिक, फाँसी नाजी कहाँ रहे ?विराेध गर्ने सबैलाई, छानी छानी निषेध गर्याै भविश्य छ अन्धकार, दाैंतरी सब लाखापाखा,मित्रहरू […]
जीवन बदल्नुछ रहर बदल्नु छ ।
जीवन बदल्नुछ रहर बदल्नु छ ।तिम्रो मन भित्रको पत्थर बदल्नु छ । धनीलाई मात्रा देख्ने तिमी मात्र हैन ।तिमीसँगै दुनियाँको नजर बदल्नु छ ।। खिल बनी बस्ने निस्ठुरिको यादसँगै ।दु:ख आँसु वेदनाको असर बदल्नु छ ।। सानो ठुलो छुट्याएर बिभेद गर्ने मनको ।बिचारसँगै थर अनी घर बदल्नु छ ।। दिपेन्द्र ‘अश्रुमाली’खोटाङ छोरम्बु
बगाउँछ घरगोठ सारा, पानी बौलाएपछि
बगाउँछ घरगोठ सारा, पानी बौलाएपछि,उखुण्डा परिणाम छाल, ज्ञानी बौलाएपछि मियो आधारै दाईँहरू, लय गोरू घुम्दछन् ,स्वघेरा कहाँ घुम्छ जाँतो, मानी बौलाएपछि रमझम तिरै बसोबास, मनमौजी मान्छेहरू,चैतमा देख्छ हरियाली, नानी बौलाएपछि जहाँ घाउ उतै चोट,थपिन्छन् दुख्याहामा,भत्कोसै भत्कोस हुन्छ, हानी बौलाएपछि बुझेरै बझपचाउँछ मनुवा, असतका रमिता,उपदेशैले सुध्रन्छ कोर, बानी बौलाएपछि -फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “बैत्यश्वर-६, दोलखा
जता पनि गठजोर, हल छैन भन्छ कसले
देशैभरि नदीनाला, जल छैन भन्छ कसले,जता पनि गठजोर, हल छैन भन्छ कसले अपशब्द उछितोमा, सानो स्वर छ र कसकोदसगजा भत्काउने, खल छैन भन्छ कसले जादुगरै हूँ म भन्थ्यो, कल्पनाको सिङ्गापुरे,वनदेखि सदनसम्म, छल छैन भन्छ कसले खनिखोस्री फाइलहरू, मौलाउँदो भ्रष्टाचार,दरवारहरू शौचालय, मल छैन भन्छ कसले विचार ती छलमय, ¿¿¿¿ व्यवहार छलमयतोडफोड आतङ्कमा, वल छैन भन्छ कसले […]
हर शब्दमा तिमी थियौ, म मौन भएर बोले..
हर शब्दमा तिमी थियौ, म मौन भएर बोलेफूलजस्तै कोमल यादहरू आज मैले खोले हावा पनि सम्झिएझै चल्दै छ बिस्तारै बिस्तारैसम्झना भरियको एकान्त, पल तिमीमा घोले भेट भयो बोल्चाल रयो नजिक नजिक तानियमुटुमा तिमीलाई नै साँचेर तिम्रै समिप म ढले सुगन्ध तिम्रो त्यो मायाको वासनामा डुब्दै डुब्दैमनको कुना बाट बिस्तार माया दियो दिदै बले म बसिरहेँ […]
दुखियाको संसारबाट सर्नु पर्ने चुनौती छ ।भन्नू पर्ने भन्दा
दुखियाको संसारबाट सर्नु पर्ने चुनौती छ ।भन्नू पर्ने भन्दा पनि गर्नु पर्ने चुनौती छ । पिरतिमा धोका खाई रक्सी पिउने प्रेमी भन्छ ।बाच्नु भन्दा पनि यहाँ मर्नु पर्ने चुनौती छ । चोट पाउँदा भक्कानिदै मन्मै रुनु भन्दा पनि,आँखा बाट आँसुलाई झर्नु पर्ने चुनौती छ । स्वार्थी भइ सबैलाई चोट दिन सजिलो छ ,तर हाँसो खुसीको […]
आवरण रङ्गीन भो, गाडी पुरानै हो हजुर,फेसनका प्वालहरू, साडी ..
आवरण रङ्गीन भो, गाडी पुरानै हो हजुर,फेसनका प्वालहरू, साडी पुरानै हो हजुर जति झारफुक गर, विमारी जस्ताको तस्तै,सिसिमात्र नयाँ रूप, ताडी पुरानै हो हजुर कालिम्पोङ दार्जलिङ, गन्तव्य मुग्लान थ्यो,दूरिमात्र फरक भो खाडी, पुरानै हो हजुर तन्त्रमन्त्र नव जोगी, नश्लसुधार कता भयो,राँगो लायो थारैबस्ने, पाडी पुरानै हो हजुर गीत नारा नाना थरि, चालक सोच नव कहाँ,छाती […]
भाग्यामा खोट भै मेरो मुटुमा चोट छ ! भित्र भित्रै चल्दै ग…
कर्मभन्दा थुतुना छुरा, चिर्केहरूको बिगिबगी,सिंह सत्ता धार…
कर्मभन्दा थुतुना छुरा, चिर्केहरूको बिगिबगी,सिंह सत्ता धारासाही, पिर्केहरूको बिगिबगी कोही खोज्दैआफ्नै चुला, कोही ओभने चुला,सिलवाला टम्म खोया, बिर्केहरूको बिगिबगी लाठी जुलुस नाराबाजी, घर पिंढी सबैतिर,डाडु पुनीउँ घुसखोरी, फिर्केहरूको बिगिबगी जोश जाँगर पर्देशमा, मकै बारीमा वनकर,रित्ता बोतल निथारूवार, तिर्केहरूको बिगिबगी चोकचोक हल्लाखल्ला, हड्डी वैठक कुकुरका,सत पथका पदयात्री खै, छिर्केहरूको बिगिबगी -पुन्य प्रसाद धिमिरेफेसबुक कबि
हासेर बाच्ने, आधार खोज्दै जिन्दगी आधा भो।
हासेर बाच्ने, आधार खोज्दै जिन्दगी आधा भो।खुसिको सानो,संसार खोज्दै,जिन्दगीआधा भो। रोजि र रोटि , जोहो कै लागी , नेपाली युवाको।साउदी अनि, कतार खोज्दै, जिन्दगी आधा भो। गाउको खेत , बारी र गोठ, बिजोक पारेर।सहर झरी ,रोजगार खोज्दै,जिन्दगी आधा भो। आफूले आफै , बेचिदै हिडि ,बिदेसी बस्तिमा।हजार भेट्ने , बजार खोज्दै , जिन्दगी आधा भो । […]