कर्मभन्दा थुतुना छुरा, चिर्केहरूको बिगिबगी,
सिंह सत्ता धारासाही, पिर्केहरूको बिगिबगी
कोही खोज्दैआफ्नै चुला, कोही ओभने चुला,
सिलवाला टम्म खोया, बिर्केहरूको बिगिबगी
लाठी जुलुस नाराबाजी, घर पिंढी सबैतिर,
डाडु पुनीउँ घुसखोरी, फिर्केहरूको बिगिबगी
जोश जाँगर पर्देशमा, मकै बारीमा वनकर,
रित्ता बोतल निथारूवार, तिर्केहरूको बिगिबगी
चोकचोक हल्लाखल्ला, हड्डी वैठक कुकुरका,
सत पथका पदयात्री खै, छिर्केहरूको बिगिबगी
-पुन्य प्रसाद धिमिरे
फेसबुक कबि