आवरण रङ्गीन भो, गाडी पुरानै हो हजुर,
फेसनका प्वालहरू, साडी पुरानै हो हजुर
जति झारफुक गर, विमारी जस्ताको तस्तै,
सिसिमात्र नयाँ रूप, ताडी पुरानै हो हजुर
कालिम्पोङ दार्जलिङ, गन्तव्य मुग्लान थ्यो,
दूरिमात्र फरक भो खाडी, पुरानै हो हजुर
तन्त्रमन्त्र नव जोगी, नश्लसुधार कता भयो,
राँगो लायो थारैबस्ने, पाडी पुरानै हो हजुर
गीत नारा नाना थरि, चालक सोच नव कहाँ,
छाती माथि परेड खेल, माडी पुरानै हो हजुर
-पुन्य प्रसाद धिमिरे
फेसबुक कबि दोलखा