जीवन बदल्नुछ रहर बदल्नु छ ।

जीवन बदल्नुछ रहर बदल्नु छ ।
तिम्रो मन भित्रको पत्थर बदल्नु छ ।

धनीलाई मात्रा देख्ने तिमी मात्र हैन ।
तिमीसँगै दुनियाँको नजर बदल्नु छ ।।

खिल बनी बस्ने निस्ठुरिको यादसँगै ।
दु:ख आँसु वेदनाको असर बदल्नु छ ।।

सानो ठुलो छुट्याएर बिभेद गर्ने मनको ।
बिचारसँगै थर अनी घर बदल्नु छ ।।

दिपेन्द्र ‘अश्रुमाली’
खोटाङ छोरम्बु

Back To Top