हर शब्दमा तिमी थियौ, म मौन भएर बोले
फूलजस्तै कोमल यादहरू आज मैले खोले
हावा पनि सम्झिएझै चल्दै छ बिस्तारै बिस्तारै
सम्झना भरियको एकान्त, पल तिमीमा घोले
भेट भयो बोल्चाल रयो नजिक नजिक तानिय
मुटुमा तिमीलाई नै साँचेर तिम्रै समिप म ढले
सुगन्ध तिम्रो त्यो मायाको वासनामा डुब्दै डुब्दै
मनको कुना बाट बिस्तार माया दियो दिदै बले
म बसिरहेँ छेउमै, तिमी आए को थियौ हावा जस्तै
म फूल लिएर आज हेर्दै छु म तिम्रो मायामा चले