वर्तनवाती सम्बन्ध कहाँ? दीयाेबाट छुटेपछि,परिवारमा मिलन कहाँ, मियाेबाट छुटेपछि सन्तानकाे रेखदेख? अभिभावक कर्तव्य,बालबालिका मनलागी, चियाेबाट छुटेपछि लगनगाँठाे कसेपछि, दन्तबजान गर्नु किन?डण्डी पनि एकलिन्छ, बियाेबाट छुटेपछि जराकाण्ड पातफल, सबकाे आफ्नै अस्तित्व,झम्झमाउँछन् नसाहरू, फियाेबाट छुटेपछि लामाे भनी के गर्व र? फूर्ती गर्नु बेकार छ,धागाे हुन्छ असरल्लै, सियाेबाट छुटेपछि फेस्बुक कबि पुन्य प्रसद घिमिरीबैत्यस्वर ६ दोलखा
स्वदेश हेला पर्देश घुम्टी
खेत जाेड्ने काेही छैन, छाेड्नेकाे लर्काे देशमा,मन जाेड्ने जर्ती कहाँ, ताेड्नेकाे लर्काे देशमा भर थेग छैन कतै, दाेषहरू लिखा टिपाई,एक अर्काे कुरा कटाई, गाेड्नेकाे लर्काे देशमा छन् गेडी सबै मेरी रे, छैनन् गेडी परपर,जहाँ फल सर्याे डाली, जाेड्नेकाे लर्काे देशमा उसै कहाँ बन्छ घर देश, विकास र मम्वृद्धि रे,खै स्थिरता छैन बाटाे, माेड्नेकाे लर्काे देशमा […]
सप्रमाण आफन्त छन्
हुनेखानेहरू यहाँ, सुखभाेग अजन्त छन्,हुँदा खानेहरू यहीँ, मात्रा रेफ हलन्त छन् वर्गीय राँकाे बालेर, अत्याचार छ वर्गभित्रै,उचदेखि झाेपडीमा, राक्षसी सामन्त छन् महिला महिलै छेड, गरिव गरिवकै खिल्ली,वर्ग लिङ्ग जातजाति, सामन्त अनन्त छन् ढुङ्गे युग बरू सम, गाँस बास कपासमा,जाल झेल विधानमा, भिन्नभिन्न लेखन्त छन् थर जात गाली किन, वंश वंशैमा परजीवी,पर पीडन हैन हजुर, सप्रमाण […]
खेल खेल्दै जान्छ युग
जती दास बन्दै जान्छु, त्यती पेल्दै जान्छ युग,सम्बन्धमा भाँडाकुटी, खेल खेल्दै जान्छ युग परिवार सरकार , कतै छैन सुमन ताली,अधिकर बखेडामा, कर्तव्य ठेलेदै जान्छ युग ओैला दिन्छु डुँडुलै निल्छ, गुनमा बैगुन फिर्ता,आराेपका लहराले, थाङ्रै जेल्दै जान्छ युग उसैमा आघात पर्लाभनी, सँघुरिन्छु सकेसम्म,जसमा खुशी भर्दै गयाे, छेउ ठेल्दै जान्छ युग यस्तै चाला रीत क्रम, फिका लाग्छ […]
पोखरीमा ढुङ्गा फाल्यौ, तरङ्गित भयो मन,
पाेखरीमा ढुङ्गा फाल्याै, तरङ्गित भयाे मन,तरङ्गका लाम छाम्याै, विलम्बित भयाे मन मेघ वर्षा लुकामारी, भए जीवन अनावृष्टि,देख भेट दाेभानमा, सम्बन्धित भयाे मन गाेडमेल सिञ्चनमा, फुल्छ मन ढकमक्कै,काेपिला ती फूलवाग, पुलकित भयाे मन फलामका कर्ण माेह, चुम्बकका वरिपरि,यादै याद एकान्तमा, बातचित भयाे मन एकरथ दुई पाङ्ग्रा, समभार तान्दै जाँदा,मनसित मन मेल, आनन्दित भयाे मन । -फेसबुक […]
नखुस्कने गाँठा, फन्केर के गर्नु
ननिचाेरिने घाउ, टन्केर के गर्नु,नखुस्कने गाँठा, फन्केर के गर्नु स्वदेशमा प्यास, परदेशमा पानी,जीवन तिर्खाले, रन्केर के गर्नु लगन न साइतै, अभाग जिन्दगी,ध्वनि पञ्चैबाजा, घन्केर केगर्नु श्वास न प्रश्वास, अनुभूति शुन्य,ठण्डा आलिङ्गन, तन्केर के गर्नु मनकाे सारथि, अमन यात्रामामिलनकाे मन, रन्केर के गर्नु -फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “बैत्यश्वर-६, दोलखा
माया जोडेपछि टुट्न नपरोस
खालि खालि त्यस्तो तिमीलाई कुट्न नपरोस।मेरो आत्मिय माया जोडेपछि टुट्न नपरोस। मेरो झै तिम्रो स्वाभिमान माया टिकाइ राख्दाफेरि जोडिन अफ्ठेरो हुने गरि कतै फुट्न नपरोस। सबै असल छैन होल नहुन सक्छ कसैको भलोफुटाउनेहरुको छत्रछायाँमा परि जुट्न नपरोस मेरो एक अंश तिमी निकै महत्व पुर्नणछौ त्यसैलेपुर्णतामा तगारो पारि कहि कतै फेरि टुट्न नपरोस रोशन अधिकारीखोटाङ
धड्कनमा बस्छ्यौ तिमी
तिमी बाहेक मेरो मनमा कसैको छायाँ छैन,धड्कनमा बस्छ्यौ तिमी, माया मात्र होइन। तिम्रो मायाले मलाइ डर आशा दुवै बनायो,मेरो विश्वासको धागो तिम्लाइ दियसि म एक्लो भइन कतै केही नलुकाऊ, जे छ सब स्वीकार छ मलाइ ,मेरो मत तिम्रो मात्रै, अरू कसैको नाम म अब रहिन अन्त नजर नलगाऊ, मन पनि कतै नडुलाऊ,मायामा शंका नगर, सचै […]
कु कु स्थान सबै गइस्
तल हुँदा ठिकै थिइस्, माथि पुगी ठुलाे भइस्,जान्न खान्न कसम तेरा, कु कु स्थान सबै गइस् झुप्राे थिएन महलभाे, बुट भइस् हात्ती छापे,मेट्छु भन्थिस् तिर्खा सबै, कालाे हिलाे बाढी बहिस् यसाे गर्छु उसाे गर्छु, लुटकाे धन कराेडपति,परिवर्तन तरङ्गका, दिवास्वप्न कथा कहिस् चुकिस् र पाे दुनियाँले, मुर्दावाद नारा लाए,खण्डन मण्डन छैन, भन किन चुप रहिस्? के […]
आँसु मूल्य तब थाहा, जब आफ्नै गह खस्छ
आँसु मूल्य तब थाहा, जब आफ्नै गह खस्छ,सहाराकाे तब मूल्य, जब शक्ति थला बस्छ छानाे पाली चिरा चिरा, मूल थाम ढलेपछि,बिछाेडकाे तब पीडा, जब छाेरा बिदेश पस्छ नैतिकता र अध्यात्म, भाैतिकताले ढालेपछि,पाैरखले जिउनु पर्ने, जब टीका भश्म घस्छ छरछिमेक गाउँलेका, देखावटी कठैबरा,लाेलाेपाेताे बेकारका, जब काेख दाँत धस्छ सत्यताका उखान तुक्का, अनुभव युगवाणि,दुध पियाउनु बेकार छ, […]