तल हुँदा ठिकै थिइस्, माथि पुगी ठुलाे भइस्,
जान्न खान्न कसम तेरा, कु कु स्थान सबै गइस्
झुप्राे थिएन महलभाे, बुट भइस् हात्ती छापे,
मेट्छु भन्थिस् तिर्खा सबै, कालाे हिलाे बाढी बहिस्
यसाे गर्छु उसाे गर्छु, लुटकाे धन कराेडपति,
परिवर्तन तरङ्गका, दिवास्वप्न कथा कहिस्
चुकिस् र पाे दुनियाँले, मुर्दावाद नारा लाए,
खण्डन मण्डन छैन, भन किन चुप रहिस्?
के भनू खै कपुतलाई, मातृ मन रून्छ सधैं,
देशै खाने दीर्घराेग, युग पिलाे बनी डहिस्
फेसबुक कबि ‘पुन्य प्रसाद घुमिरे’
दाेलखा