खेत जाेड्ने काेही छैन, छाेड्नेकाे लर्काे देशमा,
मन जाेड्ने जर्ती कहाँ, ताेड्नेकाे लर्काे देशमा
भर थेग छैन कतै, दाेषहरू लिखा टिपाई,
एक अर्काे कुरा कटाई, गाेड्नेकाे लर्काे देशमा
छन् गेडी सबै मेरी रे, छैनन् गेडी परपर,
जहाँ फल सर्याे डाली, जाेड्नेकाे लर्काे देशमा
उसै कहाँ बन्छ घर देश, विकास र मम्वृद्धि रे,
खै स्थिरता छैन बाटाे, माेड्नेकाे लर्काे देशमा
गाउँ गाउँ सडकमय, हिड्ने यात्री शून्यप्राय,
स्वदेश हेला पर्देश घुम्टी, ओड्नेकाे लर्काे देशमा
-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा