पाेखरीमा ढुङ्गा फाल्याै, तरङ्गित भयाे मन,
तरङ्गका लाम छाम्याै, विलम्बित भयाे मन
मेघ वर्षा लुकामारी, भए जीवन अनावृष्टि,
देख भेट दाेभानमा, सम्बन्धित भयाे मन
गाेडमेल सिञ्चनमा, फुल्छ मन ढकमक्कै,
काेपिला ती फूलवाग, पुलकित भयाे मन
फलामका कर्ण माेह, चुम्बकका वरिपरि,
यादै याद एकान्तमा, बातचित भयाे मन
एकरथ दुई पाङ्ग्रा, समभार तान्दै जाँदा,
मनसित मन मेल, आनन्दित भयाे मन ।
-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा