नखुस्कने गाँठा, फन्केर के गर्नु

ननिचाेरिने घाउ, टन्केर के गर्नु,
नखुस्कने गाँठा, फन्केर के गर्नु

स्वदेशमा प्यास, परदेशमा पानी,
जीवन तिर्खाले, रन्केर के गर्नु

लगन न साइतै, अभाग जिन्दगी,
ध्वनि पञ्चैबाजा, घन्केर केगर्नु

श्वास न प्रश्वास, अनुभूति शुन्य,
ठण्डा आलिङ्गन, तन्केर के गर्नु

मनकाे सारथि, अमन यात्रामा
मिलनकाे मन, रन्केर के गर्नु

-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा

Back To Top