माया जोडेपछि टुट्न नपरोस

खालि खालि त्यस्तो तिमीलाई कुट्न नपरोस।
मेरो आत्मिय माया जोडेपछि टुट्न नपरोस।

मेरो झै तिम्रो स्वाभिमान माया टिकाइ राख्दा
फेरि जोडिन अफ्ठेरो हुने गरि कतै फुट्न नपरोस।

सबै असल छैन होल नहुन सक्छ कसैको भलो
फुटाउनेहरुको छत्रछायाँमा परि जुट्न नपरोस

मेरो एक अंश तिमी निकै महत्व पुर्नणछौ त्यसैले
पुर्णतामा तगारो पारि कहि कतै फेरि टुट्न नपरोस

रोशन अधिकारी
खोटाङ

Back To Top