खुसी भेट्छौ, आफ्नै मनमा ,खोजेर त हेर ।मनमा फूल्ने ,फूलको बिरुवा , गोडेर त हेर । परदेश ग’को, पति देबको, आँखा छल्ने नारि ।भबिस्यको ,लागि एकछिन , सोचेर त हेर । जेठा माइला, सोदेसमै , सुन फल्छ भन्छन ।गाउकै खेतमा, पसिनालाई , पोखेर त हेर । बिदेसिको ,कमाई खादै ,हाम्रा दाजु भन्छन ।पाखो वारि , […]
खबरको सम्वाहक, कागलाई गाली किन,वर्षै भरि चुलो थेग्ने, सागलाई गाली किन
खबरको सम्वाहक, कागलाई गाली किन,वर्षैभरि चुलो थेग्ने, सागलाई गाली किन आफ्नै कर्तुत रागमय, खोकी अनि हाछ्चिउँ,तेलखारमा अकबिरे, रागलाई गाली किन रोजी छोडी पारपाचुके, अकालमा नैतिकता,अकर्म खेल आफैंखेली, दागलाई गाली किन अल्छे तिघ्रो स्वदी जिब्रो, प्रगति र उन्नति रे,जस्तो कर्म उस्तै फल, भागलाई गाली किन दफा धारा उपधारा, बडेमान संविधानका,थाङ्ग्रा खोज्छ लहराले, मागलाई गाली किन फेसबुक […]
तिमीको ‘नाइँ नाइँ’ ले भेट्ने मेरो सपना छैन है मरेको।
चिनारी के दिउँ हजुर, आफैलाई बिर्से
भुल्ने रोग लागेको छ, होश खुस्केको छ,जाउलोमा गिलो खाना, ठोस खुस्केको छ गुँडबाट बचेरा उँडे, रुख रित्ता डाली,आशादीप धिपिक्क, परितोष खुस्केको छ ताते तातेबाटै उठेँ, पुनः चाल ताते,खाए केही पच्ने हैन, पोष खुस्केको छ आफैंसित आफ्ना बात, पुरान कुरानै,भनेको को सुन्छ र खै? घोष खुस्केको छ चिनारी के दिउँ हजुर, आफैलाई बिर्सेथोत्रा पाता मात्रा शब्द, […]
कहिले झ्वाकिएर झर्किने गर्छु ।आ ! है भन्दै पुन फेरि फर्किने गर्छु ।
चारु
कोहीआई नयाँ नाटक गर्नै लागेछघरभित्रै महाभारत पर्नै लागेछ। भन्नलाई जे भने नि चाल पाइयोबसाइँ त अर्कैतिर सर्नै लागेछ । बालकैले थाहा पाए सोधे सुटुक्कविश्वासको सीमा रेखा टर्नै लागेछ। फेरि उस्तै देख्नु पर्यो नयाँ नायकलाज सबै पचाएर झर्नै लागेछ । त्यो आदर्श कता गयो कस्तो अचम्म !सबैथोक लक्ष्मी मानी मर्नै लागेछ । -खगेन्द्र बस्याल