हे प्यारा शिवजी परें शरणमा यो देश रक्षा गर!
शिक्षा कर्म बुझेँ झुकेँ चरणमा यो देश रक्षा गर!!
वन्दे भन्न सिकेन देश-जनले संस्कार टाढा गयो!
यो जो शोक बढी भयो मरणमा यो देश रक्षा गर!!
देशै टुट्न गयो स्वधर्म पर भो कानूनमा भ्रष्टता
शब्दज्ञान घटी गए हरणमा!यो देश रक्षा गर!!
रक्षा गर्दछ को सिवाय शिव छौ!निर्धो म लाचार छु!
क्षारै तुल्य सकारिए वरणमा यो देश रक्षा गर!!
गर्वै थ्यो जग यो भयो अगतिलो नेता बढे दुष्ट नै!
रत्नै बेच्न भनी लुटे भरणमा!यो देश रक्षा गर!!
अर्घेला अति देख्छु नायकहरू बेकार यो देशमा।
बन्दी तुल्य म देख्छु लाग्छ रणमा!यो देश रक्षा गर!!
रामचन्द्र घिमीरे