जाे आए नि गर्छु भन्छन्, गर्दैनन् रे जनगुनासाे,
सकारात्मक साेच वीज, छर्दैनन् रे जनगुनासाे
भिन्न -भिन्न चाेर शैली ~, काम दाम भरष्टाचारी,
ताेकिएकाे तलव भत्ता, ~चर्दैनन् रे जनगुनासाे
मेरा गाेरू बार्है टक्का, जुँगा ताउ नव पुरानाका,
गल्तीहरू सच्चिई तल, ~झर्दैनन् रे जनगुनासाे
गरिहाल्छाैं भैहाल्छ नि, ~ लली पप थेगाहरू,
भरथेगकाे हात जँघार, ~ तर्दैनन् रे जनगुनासाे
मत पायाे सत्ता खायाे, विकास गुमराहमै, याे चालामा देश बुट्टा, भर्दैनन् रे जनगुनासाे
पुन्य प्रसाद घिमिरे (फेस्बुक कबि)