तिम्रो छेउमा बसि, म तिर तान्न मन छ,
बाहिर जे भए नि, मित्रीकुरा जान्न मन छ।
हजुर हजुर बचनले कि मनले बोलेको हो?
त्यो मनको संकेत के , बुझेर मान्न मन छ।
मेरो नजिक आउझै किन फेरी टाढा हुन्छौ?
एक चुप्पी मौनता,गहिरो अर्थ जान्न मन छ।
एक दिलाइ आफ्नो मनको केही कुरा गर न
नजिक राखी, भोलिको साक्षि मान्न मन छ।
खुला मनमा आउ त्यो साचो याद छाडेर जाउ
जे छौ, जस्तो छौ तिम्रो स्वतन्त्र जान्न मन छ।
“तिमी नै मेरी हौ” भन्ने रहर कसरि कहिदिनु
१००% भरोसाले हिड्ने बाटो जान्न मन छ।
मेरो माया भन्न नि, यदाकदा त धेरै मन छ,
मनको कुरा बुझेसी, एक हक हान्न मन छ।
म तिमी सँग बसेर आफ्नै कुरा गर्न चाहन्छु
जसरी छौ तिमी, त्यसैगरी जान्न मन छ।