“मुर्ती पुजिन्छ”- राम्रो धर्म सस्कार जोगाउनु होस स्कार र सस्कृती..

मन्दिर जहा मुर्ती पुजिन्छ
भाकल वकल गरि पशु रेटिन्छ।
देबि देबता खुशी भयो भन्छ्न
अधर्मित पाप बाट चोखिय भन्छ्न।।

के हुन्थ्यो र बलि दिएर मुक्त
प्राण लिएर लिएर के बन्ला र भक्त।
के होला र खुशी पुजा गरि त्यहा
बुझेनौ चित्कार निर्दोष पशु त्यो रुया ।।

राम्रो धर्म सस्कार जोगाउनु हो
सस्कार र सस्कृती बचाउनु हो ।
तर तिमी कहिल्यै प्राण नलिनु
धर्मको भ्रममा निर्दोष बलि नलिनु।।

प्राण सबैको एउटै हो भनी बुझ्नु
जीवन सबैको एउटै भनी बुझ्नु ।
नगर्नु त्यसैले निर्दोष पशु बलि
प्राण सबैको एउटै हो भनी सम्झी

बिधा = कविता
शिर्षक = “मुर्ती पुजिन्छ”
लेखक = दिपेन्द्र थामी

Back To Top