किराँत चेतनामा धर्मगुरु फाल्गुनन्द र भाषा दिवस

  • रोशन अधिकारी

पूर्वी नेपालका पर्वत, वन र खोल्साहरूले कहिल्यै नथाक्ने गर्जनमा गुञ्जिने एउटा ऐतिहासिक सभ्यता किराँत सभ्यता हो।
न त यो केवल एउटा जातीय चिनारी हो, न त मात्र भूगोलसँग बाँधिएको जीवनशैली यो त युगौँ पुरानो जीवनदर्शन हो, जसले प्रकृति, धर्म, अनुशासन र सामाजिक समरसताको गहिरो सन्देश दिन्छ।

यर्जुवेददेखि महाभारतसम्म किराँतको उपस्थितिले यो सभ्यताको आदिकालीन मौलिकता प्रमाणित गरेको छ । संस्कृतमा ‘किराताँ’ को अर्थ हुन्छ । एक आकर्षक र वीर, यिनै वीरहरूको गौरवपूर्ण इतिहासले काठमाडौँ उपत्यकामा लगभग १९६३ वर्ष शासन गरेको थोयो भन्ने इतिहास छ । अहिले पनि भारतिय सेना बृटिस सेनामामा किरातिकै बहुल्यता कायम छ ।

पुरानो इतिहास बाट आघि बड्दै आउदा किराँतभूमि भनेर चिनिएको पूर्वी पहाडका हरिया वन, सेता कुहिरा र पवित्र झरनाहरूको काखमा, वि.सं. १९४२ सालको एक बिहानीमा, इलामको गाउँमा एउटा असल आत्माको जन्म भयो जो हुन फाल्गुनन्द लिङदेन। जसले अन्धविश्वासले थिचिएको जीवन अनि परम्पराको नाममा जकडिएको अस्तित्व देखे। मौन रहन सकेनन्। चेतना फैलाउँदै भने “धर्म भनेको केवल पूजा होइन, जीउने तरिका हो।”
यिनै फाल्गुनन्द लिङदेन किराँत जागरणका ज्योति बने, किराँत चेतनाका अमर दीप बने।

वि.सं. १९८८ साल वैशाख २४—किराँत इतिहासको एउटा उज्यालो पानामा लेखिएको दिन। पाँचथरको सिलौटीमा ‘महाचुम्लुङ’ बोलाएर उहाँले किराँत समाजका अगुवाहरूलाई एकै ठाउँमा ल्याए । जसले पुरानो समाजको शिर सम्हाल्ने आँट गर्‍यो।

त्यो दिन जारी गरिएको १० बुँदे सुधार दस्तावेज आज पनि किराँत समाजमा “सत्य धर्म मुचुल्का” का रूपमा आदरका साथ पढिन्छ।
ती बुँदामा केवल नियम थिएनन्, एक दर्शन थियो जहाँ मानवता, सदाचार, बराबरी र प्रकृतिप्रेम घुलिएको थियो।
उहाँले भन्नुहुन्थ्यो जिन्दगी आकाश होइन, पृथ्वी हो । जसलाई हामीले हिँड्न, बाटो सुधार्न सक्नुपर्छ।”
यही दर्शनले गर्दा उहाँले मद्यपान त्याग, छोरी–चेलीप्रति सम्मान, सहअस्तित्वको व्यवहार र आत्मनिर्भर चेतनालाई किराँत जनजीवनमा जगाउनुभयो।

शब्दमा शान्ति थियो, कर्ममा चेतनात्मक विद्रोह थियो । गाउँगाउँमा पाठशाला खोलि धर्मलाई किताबको पानामा नभै जीवनको व्यवहारमा उतार्न सिकाउनुभयो।

वि.सं. २००५ सालमा उहाँले शरीर त्याग्नुभयो। तर उहाँको सन्देश, दर्शन र उहाँले देखाएको बाटो किराँत जनमानसमा आज पनि अमर छ।
नेपाल सरकारले उहाँलाई १६औं राष्ट्रिय विभूति घोषणा गरेर राष्ट्रकै श्रद्धा व्यक्त गरिसकेको छ।

फाल्गुनन्द लिङदेन एउटा साधारण नाम, तर असाधारण आत्मा। उहाँको जीवन एउटा मौन क्रान्ति थियो जसले सिङ्गो किराँत समाजलाई धर्म, संस्कार र सामाजिक अनुशासनको उज्यालो बाटो देखायो।

यसै गौरवपूर्ण स्मृतिमा आधारित वैशाख २४ लाई किराँत समाज सुधार दिवस का रूपमा मनाउनु पहिचानप्रतिको कदर हो, सांस्कृतिक चेतनाप्रतिको सम्मान हो।

हाम्रो जरा गहिरो छ, हाम्रो विश्वास अमर रहोस्। किराँतको जय होस्! जय भाषा दिवस।

डाटा स्रोत -सामाजि सन्जाल

Leave a Reply

Back To Top