“प्रकृति आमा”

  • बालकृष्ण थामी

चराचुरुंगी को भाषा
संसार लै हेर्ने ती सुहाउदो आँखा!
मलाई पनि देउन ए मातृभूमि प्रकृति आमा !!

सत्यतामा गाही हिड्ने ति सुमधुर भाका!
दुनियाले नै गोडा टेक्नु पर्न ति सम्मान आज्ञा!
मलाई पनि देउन ए मातृभूमि ए प्रकृति आमा !!

पारामानन्दको अलौकिक ज्ञान!
स्वर्णिम आत्मिकीय आध्यात्मिक ध्यान!!
मलाई पनि देउन ए मातृभूमि ए प्रकृति आमा!!!

चाहन्छु तिम्रै काखको आर्को बुद्ध बन्न!
अवसर देउ आर्कों जन्म लिन!!
मलाई पनि देउन ए मातृभूमि ए प्रकृति आमा!!!

Leave a Reply

Back To Top