— निमा शेर्पा
एउटै कुरा सोध्न मन छ तिमीलाई
जब तिमी नजिक आउँदै थियौ
के देख्यौ यस्तो उज्यालो मभित्र
जसले मेरो प्रेममा पार्न बाध्य बनायो?
कि त्यो केवल क्षणिक मोह थियो?
एक सुन्दर भ्रम कि झुटनै झुट थियो
जसलाई समयले आफै फिक्का बनायो?
म त आज पनि उही छु
त्यही निश्चल मुटु बोकेर
न त तिमीलाई दोष दिन सक्छु
न आफ्नो चित्त बुझाउन सक्दछु
म प्रेम गेर्थे कुनै कारण बिना
तिम्रो मुस्कानमा म बग्थे
शब्दहरू बिना बुझ्ने त्यो भाषा
अब त केवल मौनतामा हराएको छ
यदि यो कविताका शब्द तिमी पढ्दै छौ भने
एकचोटि फर्केर हेर
किनकि कुनै न कुनै कुनामा
अझै पनि तिमी बस्यौ जस्तो लाग्छ।