सम्झनामा आमाका ति दिनहरु

आमा – रमा माया अधिकारी

हुनत आमा जुन बेगर यो शृस्टि नै असम्भब छ । जसको करण यो संसार आज सम्म चल्दै आयको छ । सबैको मन मस्तिस्कमा खड्किरहने शब्द नै आमा हो । दुखको साथि जिबनको पहिलो मित्र नै आमा हो । हर गोप्य भन्दा गोप्यकुराको साथि आमा आफ्नो सम्पुण दुख सुख बुझाउने ठाउनै आमा रहेछ ।
जुन हिजो आज परिबर्तन भयको छ । आमालाइ आमा नभनि ममि मामु भन्ने चलन छ अनि हजुरआमा लाइ चै आमा भन्ने चलन छ । उहि हजुरआमा हाम्रो आमा हामि माझ आहिले रहनु भयन तर पनि वाहाले छोड्नु भयको बिगत एक्दमै ताजै छ अझ भन्नु पर्दा वाहा को दुख बारेर बस्दा झन झन सम्झना ताजा भएर आइ रहेछ ।
म चक चके फुच्चे आमा बुडि मलाइ तहलाउन खोज्ने म टेर्दै नटेर्ने जब्बर यस्लाइत सिस्नो पानी लाउनु पर्छ अनि ठिक हुन्छ भन्दै सिस्नोले उझ्याउदा सिस्नो खोसेर उसैलाइ सिस्नो पानी हान्ने म बिस्तारै ठुलो हुदै गय केहि बुज्ने हुन थाले आमानि झन झन बुढि हुदै जानु भयो म सानातिना काम गर्ने सक्ने भय आमा सक्न छोर्दै जानु भयो ।
जब म ५ बाट ६ कक्षा पड्न ने भय स्कुलमा सर लेनि परिवरमा कति जना छौ ककस्को नाम थाछ भनि सोदेपछि आमाको नाम थानपाइ आमाको नाम सोद्दा सुनेर पनि नसुने जस्तै गरि आफ्नो नाम नभन्ने आमा जबरजस्ति सोधेको सोधै गरेपछि आफु भन्दा ठुलाको नाम काड्नु हुदैन त्यसैले मेरो नाम आमा हो भन्ने आमा ।
बुवालाइ नाम सोधि आमालाइ केछ खबर रमा भन्दै जिस्काउने म अनि त त हगेको लिड आफु भन्दा ठुलाको नाम काड्छ्स भन्दै लौरो लेर खेदाउने आमा ।
रमा भनेर बोलाउदा वास्था दिन छोड्नु भो त्यपछि कसै कसै ले मलाइ धमिनिनिको नाति भनेको थाथियो आमालाइ धमिनि आमा भनेर जिस्काउने म तैले मलाइ अत्ति हेपिस पख्न भन्दै खेदाउने आमा ।
बिस्तार बिस्तार आमाको प्यारो भयको म आमा मलाइ मेरो पहिलो नाति भन्दै फुरुक्क बनाउदै लुकाइ लुकाइ मिठा मिठा खाने कुरा दिने आमा
आमाको माइत मामला जाने साथि म आमाको झोला बोकेर अगाडि अगाडि जान्थे कैले काहि झोला गरुम हुदा छोडेर पनि हिडि दिन्थे अनि पैसा देर मलाइ फकाउने आमा ।
घरमा आइपुगेपछि यो लिडले कम दुख दियो भन्दै बुवा ममिलाइ पोल लाउने आमा ।
अन्डा खान रहर लागेर कुखुरो लेर आउदा लाठ्ठिले हानेर मारिदिने मैले अन्डा खादा मुख छोप्दै राम राम मरि गयछ्नि हाम्रो जात्नै सको यस्ले भन्ने आमा ।
माया गरेपछि अत्ति गर्ने चित्त बुझेन भने अति खेदो खन्ने कान्छो जति लाइ एक दमै माया गर्ने आमा ।
माछा मासु भने पछि हत्ते गर्ने हाम्लाइ पनि खा किखा भनेर कर गर्ने आमा एक दिन पासोमा परेको ढुकर ल्यार तातो पानीमा लाइदिदा उडेर मचायको बितन्ड कैले नबिर्सिने याद बनाइ दिने आमा ।
मेरो ठुलो नाति भनि माया गरे पनि छिन भरम चित्त नबुझे रिसाइ जाने घर बाट बाहिर कतै गयो भने सोदेको सोदै गर्ने आमा
कसैले केहि दियो भने आफुले पनि उस्लाइ दिनै पर्ने घरमा कोहि फुकिमाग्न आयो भने घरका को आखा छलेर केहिन केहि दैनै पर्ने आमा
हामि घरमा कोहि कतै जान लागियो भने जबर जस्ति आफुसग भयको खर्च देर पठाउने आमा ।
भो चाइन्न भन्दा आमाले देको यति राख भन्दै कस्ले दिन्छ होला आमा । गाउका सारा फुकिमाग्न आउने लाइ कस्ले फुकिदिन्छ होला आमा । कैले आउछ कैले आउछस भन्दै प्रत्यक फोनमा मलाइ कस्ले भन्छ होला आमा । रिस उथे पछि त हगेको लिड भन्दै मलाइ अब कस्ले गालि गर्छ होला आमा ।
सत्य रहेछ जन्मे पछि मर्नु पर्ने हामि लाइ जन्माइ हुर्काइ सक्को शिक्षा दिइ हामिलाइ छोडि जानु भो हजुरको स्वर्गमा बास होस हर्दिक श्रध्दाञ्जलि आमा

————तपाइको नाति रोशन अधिकारी खोटाङ

Leave a Reply

Back To Top