@
पन्ध्र असार,
राेपाईं दिवस रे,
हिलाे हसार ।
@
मानाे मुरीमा
आशामय राेपाईँ,
खला चुलीमा ।
@
झरी बादल,
घुम्टीमा राेपाहार,
घुम आँचल ।
@
राेपे फल्दछ,
जुठाे मुख घरमा,
साल चल्दछ ।
@
हिलाे खेलेर,
दाेहाेरीमा मायालु,
छेड पेलेर ।
-फेसबुक कबि “पुन्य प्रसाद धिमिरे “
बैत्यश्वर-६, दोलखा