सम्झनाको हात-पकडेर लान्छ अझै-भूतपूर्व प्रेम


१.
एक चिठ्ठीमा
थिए हजार भावना
अधूरो माया

२.
उनको हाँसो
बिर्सन खोजे पनि
सासैमा बल्झिदै

३.
छोएकी थिई
मनको गहिराइमा
सुगन्ध जस्तै

४.
नयनको बाटो
बिनाशब्द प्रेम छ
अन्तरमन झिलिलि

५.
सम्झनाको हात
पकडेर लान्छ अझै
भूतपूर्व प्रेम

रोशन अधिकारी

Leave a Reply

Back To Top