लोकप्रिय स्वरका धनी रोशन राई ‘पलुवा स्टार’को सुमधुर स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गीतका शब्द तथा संगीत देवराज खत्रीको रहेको छ भने सङ्गीत संयोजन कृष्ण भक्त राईले गरेका छन्।

गीतमा मनोज साङसोन राईको थप सहयोग रहेको छ। रेकर्डिङ र सम्पादन कार्य मनोज साङसोन राई र सुरेश पायल राईले गरेका हुन्। मिक्सिङ तथा मास्टरिङ कार्यमा राजु कार्कीले सहयोग गरेका छन्।

गीतको सम्पूर्ण ध्वनि निर्माण स्टुडियो किङमा गरिएको हो। सशक्त शब्द, मीठो संगीत र आत्मीय स्वरको संगमले गीतलाई विशेष बनाएको छ।