पैसामा तौलेर मान्छेको स्तर र वर्ग नछुट्याउनै राम्रो हुन्छ किन कि धनको घमण्ड गर्नु मुर्खता हो।यदि तपाईंले धन कमाउने बाटो भेट्नु भयो भने पैसा कमाउन समय लाग्दै तर तपाईमा धैर्यता र निरन्तरता छैन भने गुमाउन पनि समय लाग्दैन । त्यसैले धनाढ्य ज्यूहरु कसैलाई पनि पैसा नहुने भनेर नहेप्नुनुहोस। कोहि मान्छे गरिब छैन मात्र सहि बाटो भेटि रहेका छैनन् सक्नुहुन्छ भने बाटो देखाई दिनुहोस् सक्नु हुन भने पैसालाई आधार बनाई कसैलाइ नहेप्नुस । किनभने हेपाई पछि मान्छेमा मित्र पनि दुस्मन हुन्छ। कसै सँग पैसा नहुनुमा धेरै कारण हुन सक्छ । समयले साथ नदिएको हुन सक्छ। अवसरबाट चुकेको वा अवसर नपाएका हुनसक्छ । कोही धनि हुन नचाहेका पनि हुन सक्छ । निरन्तरतामा छुटेको हुन सक्छ बिभिन्न कुराले पछि परेका हुन् सक्छ । आज उ गरिब होला तर ऊ सधै गरिव नै हुदैन ।

धन ता मदनले नकमाएका कहाँ हुन र तर के गर्नु त्यही धनकै कारण उनले आफ्नी आमा र श्रीमती त्याग्नु पर्यो। याद राख्नुहोस् पैसाको नियम मान्छेमा मात्र लागु हुन्छ अरुमा हुदैन। कुनै बेला पैसा छैन भनेर स्कुल बाट निकालियका मान्छे । आज उसैका किताबहरु दोर्याही तेर्याही पढाइ रहेका छन । आखिर पैसाले नै पुग्ने भए किताबको ज्ञानको के काम थियो होलार
कस्को मनमा हुदैन होला र आफ्नो बा आमा साथिभाइ परिवारलाई सुखी खुसी बनाउन पैसाको अभाव कति पनि हुन्न नदिऊ भने तर के गर्ने पैसा कमाउदा कमाउदै , बचाउदा बचाउदै पनि कसरी न कसरी गै हाल्दो रहेछ । सक्कि जादो रहेछ । आज यता टालो भोलि उता टालो सधै सधै कमिनै हुने
सजिलो बाटो खोज्दा खोज्दै अहिले हामि नेपालिले देखेको सजिलो पैसा कमाउने बाटो भनेको बिदेस । बिदेश जाने पाँच दस बर्ष मेहेनत गर्ने त्यस पछि त त्यही पैसाले जिन्दगी चलाउन सकि जान्छु नि । तर जव बिदेश पुग्छन् काम गर्न सुरु हुन्छ अनि अरुको देखासेखि र नेपालि गाउ घरकालाइ देखाउन महङ्गो फोन घडि गाडि चटक्क लोनमा किनि जाने अनि सिरमा रिन थपिन्छ । रात दिन्को काम गर्दै जसो तसो कमाउछन किस्ता तिर्दै ठिक्क घरको कच्कच जादाको रिन जसै रिन माथि रिन गर्दै एक छाक खायर बचाइ बल्ल बल्ल घर पठाउछन । १०/१२ बर्स रिन तिर्दैमा ठिक हुन्छ । नेपालको भन्दा धेरै पैसा कमाउने लोभमा काम गर्दै जादा आफ्नो ख्याल गर्न नसक्दा कयौले अकाल अकालमा ज्यान गुमायका छ्न । फर्केर आउदा एउटान एउटा दिर्घ रोग ल्यायका छन । बाआमा आफ्नाको न्यानो पन गुमायका छन । आफ्नो कर्म गुमायका छन । त्यसैले मता भन्छु नेपालमै केहि गरौ अनि धनि बनि देसलाइ पनि धनि बनाउ ।
यदी तपाई नेपालमै बस्नु भयो भने पनि भोकै एकछाक खाइ भोकै बस्नु पर्दैन । अरुकै काम गरे पनि साहुले पकै तपाईलाई मार्ने छैनन परिवार को माया आपत बिपतमा साथ कसैले छोड्ने छैनन । सामान्य रिर्ण लागेर केही हुँदैन तर दिन लाग्यो भन्ने मात्र गार्हो हो ।
हो ! …… साथि हो म गरिब छु । मसग देखाउन केहि छैन । म भयछ भने देखाउला तर तिमि जस्तो गरिबि म सग छैन गफ ले बचेको तिमि मलाइ राम्रो सग था छ । अर्काको माटोमा दुइ हात दुइपाउ टेक्दैमा धानि गरि नछुट्टाउ तिम्रो औकात सोझो र मेहनति मान्छे मा नदेखाउ । अझ भन्छु प्रिय साथि पैसामा चढेर सफर सफल यात्रा गर्ने सोच आजैबाट छोडी देउ । म ता आफूलाई कर्मी मौरी ठानेर जे आफू सँग उपलब्ध छ ।त्यहीबाट काम सुरु गर्ने छु । पैसालाई एउटा यात्री सम्झी यात्रामै छोडी दिनेछु । म तिम्रो झै धाक लाउदै पछि दौडिने छैन । तिम्लाइ पुगोस साथि मैले कहिल्यै भेट्न नसकु तिम्लाइ । तिम्रो मेरो यस्तो कुराले खाली समयको बर्बादी मात्र हो। तिम्रो माग बिस्वबजारले पुरा गरोस । म ता सिमीत घेरा भित्र छु ।
सुन साथि जिन्दगि भनेको रुँदै जन्मिनु र रुवाउँदै जानु मात्र हो जस्तो लाग्दैन पैसा साधन होला तर साध्य होइन मेरो लागि पैसा मानव इतिहासको सबैभन्दा खराब सोच हो त्यसैले यो मान्छेको चरित्र बुझ्ने भरपर्दो माध्य रहेछ ।
साचो कुरात हो । आजकल पैसाले धेरै कुरा आउछ ! तर हेर पैसा भनेको राम्रो मृग हो देख्दा राम्रो तर हराइ जाने । पछि लाग्दै गयौभने एक्दिन मर्न सकौला सक्नता तर सबै तिम्रो हुने छैन त्यस्मा ब्वासाहरु पनि फुरुक्क पार्दै लुच्छन आउने छन अनि तिम्लाइ ति ब्वासा आत्मिय लाग्ने छ । मासु खाय पछि सबै ब्वासा आफ्नो बाटो लाग्ने छन । अनि तिम्लाइ महसुस हुने छ साथि । होला हिजो आज तिम्रो अगि पछि धेरै आत्मियहरू छन होला त्यसै ले ठुलो ठुलो गफ दिन्छौ च्यालेन्ज गर्छौ म तिम्रो च्यालेन्ज मा च्यालेन्ज गर्न सक्दिन कम्जोर छु । मैले तिमिलाइ पत्याइन मलाइ माफ गर म १/२ हजार कमाउने तिमि १/२ लाख कमाउने म सक्दिन मलाइ जाच्नु पर्दैन ।