आमाको कोख चिर्दै धर्ति आउने मै हो ।
आमाले ज्ञान दिदै अर्ति सुनाउने मै हो ।
लुवाइ खुवाइ अरु भन्दा चटक्क राम्रो म
आमाले गल्ति लुकाइ बर्खि ओढाउने मै हो ।
म बिरामि हुदा रुदै वरिपरि गुहार माग्दा
नकराउ आमा म मर्छु भन्दै चर्बि चडाउने मै हो ।
मेरि आमा हर बिहानीको उज्यालो किरण
आमा अब मेरो पालो तिम्रो सर्दि उडाउने मै हो ।
