कसम एउटा विश्वास दिलाउने आधार हो ।

कसम खानु भनेको प्रतिज्ञा शपथ उत्तरदायित्व लिनु कर्तव्यको जिम्मेवारी लिनु नै हो ।
न्यायाधीश, सांसद, नेता, कर्मचारी र दलका सामान्य सदस्यलाई समेत कसम अर्थात् शपथ खुवाइन्छ । त्यसपछि मात्रै कामको जिम्मेवारी दिइन्छ । प्रेमिप्रेमिकाबीच सँगै बाँच्ने कसम । विवाह गर्दा सात फन्का लगाउँदै खुवाउने कसम । साथीलाई साथ दिन्छु भन्ने गुरुलाई राम्रो पड्छु भन्ने साहुलाई समयमै ऋण चुक्ता गर्छु भन्ने र मालिकलाई राम्रोसँग काम गर्छु भनेर गर्ने खाने कसम म गर्छु भनेर विश्वास जगाउने आधार हो ।
हुनत यो कसम खाने चलन को सुरुवा काबाट भकोहो त्योता थाहा भयन तर हाम्रो धार्मिक ग्रन्थ बाटै यो सुरु भयको हो भन्ने मलाइ लाग्छ । किन कि धर्मिक आस्था प्रतिको डर देखाइ बाचा गराइने गरिन्छ । तामा तुल्सि साक्षि राखेर गिता साक्षिराखेर छोरोरा छोरि साक्षिराखेर अरु प्रति बिस्वास दिलाउदै कसम खाइन्छ ख्वाइन्छ । त्यसबेला खाएको कसम जसरी पनि पूरा गर्नैपर्छ भन्ने मान्यता राखिन्छ ।
कसम विश्वास नभएकाले विश्वास नगर्नेलाई विश्वास दिलाउनका लागि गर्ने प्रतिग्या हो । तर आहिले यहाँ कसम खानेले होइन दारु खानेले साँचो बोल्छन् । मन्दिर अगाडि उभिएर यो गर्छु र त्यो गर्दिनँ भनेर मनमनै कसम खानेहरूले थोरै पर्तिर्को होट्लमा पुगे पछि मःमको डल्लासँग निलिदिन्छन् ।
वास्तवमा कसम भनेको ढुड्गा माथि कोरियको अक्षर झै हुनु पर्ने तर पानीमा लेखियको अक्षर झै जस्तो भको छ । जसको कुनै मुल्य छैन । यस्तो मूल्यहीन कसमले महत्व पाउनु अनौठो हो । यस्ता बेकम्मा र अर्थहीन कसम खाएर लज्जित नबनाऔँ । कसैको विश्वास टुटाउने कामै नगरौँ