“साकेला मा भेट भयो” : किरात राई समुदायको मौलिकपन बोकेको सांगीतिक सन्देश

किरात राई समुदायको मौलिक पर्व साकेला लाई समर्पित गीत “साकेला मा भेट भयो ” सार्वजनिक भएको छ। परम्परा र आधुनिकताको समिश्रण बोकेको यो गीतमा चर्चित गायिका इन्द्रकला राई र सुवम चाम्लिङ राईको स्वर सुन्न सकिन्छ।

शब्द सृजनामा बिकास सङमको कलम बोलेको छ भने सङ्गितकार सुभम चाम्लिङ्ग सङ्गित र एरेन्जर देबेश राईले भावनात्मक गहिराइ सहितको धुन पस्किएका छन्।

देबेश राईको व्यवस्थापनमा तयार भएको गीतमा अशोक मुकारुङ, देबेश राई, मनमा बिराइ र बिनुषा राईको समूह स्वरले गीतलाई थप ऊर्जा दिएको छ। सम्पूर्ण रेकर्डिङ, मिक्सिङ र मास्टरिङ योगेन मुकारुङ राईले सेवा रेकर्डिङ स्टुडियोमा सम्पन्न गरेका हुन्।

साकेलाको सांस्कृतिक आत्मा बोकेको यो गीतले किरात राई समुदायको पहिचानलाई समसामयिक श्रोतामाझ प्रभावकारी रूपमा प्रस्तुत गरेको विश्वास गरिएको छ ।

Leave a Reply

Back To Top