कविताबाट क्यामेरासम्म -‘बिर्सिएछौ मायाले’ मार्फत ऋजन मायालु को सशक्त डेब्यु

कविता र सिर्जनामा सक्रिय नाम ऋजन मायालुले अब आफूलाई मोडलको रूपमा पनि सार्वजनिक गरेका छन्। स्वरूप राज आचार्यको स्वर, संजय सुमनको संगीत र ऋजन मायालुको शब्द रहेको नयाँ गीत ‘बिर्सिएछौं मायाले’ सार्वजनिक भएसँगै उनले मोडलिङ यात्राको सुरुवात गरेका हुन्।

कविताका भावहरू जस्तै गीतमा पनि जीवनका आरोह अवरोह, प्रेमका गहिरा अनुभूति र पूर्वेली स्वाद झल्कन्छ। गीतले ईलामे तिनपाते चियाको मिठासजस्तै श्रोताको मनभित्र बस्न सक्ने सम्भावना देखाएकाे छ।

गीतको भिडियोमा ऋजन मायालु (Reason Mayalu) सँग मोडल स्वस्तिका मुखिया को मुख्य भूमिका रहेको छ। भिडियाे
निर्देशन सुनिता तामाङले गरेकी छिन् भने दिलीप थाम्सुहाङ र सुमित राईको छायांकन तथा सम्पादन रहेको छ। भिडियोको पोस्टप्रोडक्सन थाम्सुहाङ प्रोडक्सनले गरेको हो।

स्वर: स्वरूप राज आचार्य
शब्द: ऋजन मायालु
संगीत: संजय सुमन
एरेन्जर: रिदम कँडेल
रेकर्डिङ स्टुडियो: A One Musician
रेकर्डिस्ट: राजेश श्रेष्ठ
मिक्सिङ/मास्टरिङ: किशोर थापा

पुर्वकाे ईलामसहित रमणीय र पर्यटकिय क्षेत्रहरूमा छायाङ्कन गरिएकाे म्युजिक भिडियाे “रिजन मायालु अफिसियलबाट अप्लाेड गरिएकाे छ। मिठाे संगित उत्कृष्ट शब्द रचना र प्रेमिल म्युजिक भिडियाे बनेकाे “बिर्सिएछौ मायाले” गीतले दर्शक तथा श्रोताको मन जित्ने विश्वास लिइएको छ।

Leave a Reply

Back To Top