नेपाली लोकसंगीतमा गहिरो प्रभाव छाडेको गीत ‘लेखेको भाबी भेटिदैन’ को फिमेल भर्सन सार्वजनिक भएको छ। यो नयाँ संस्करणमा लोकप्रिय गायिका सुनीता थेगिमको एकल स्वरले गीतलाई पुन भावनात्मक उचाइमा पुर्याएको छ।
अघिल्लो संस्करणमा राजेश पायल राईको स्वर , विकास संगम राईको शब्द र बिक्रम राईको सङ्गितले गीतलाई श्रोताको हृदयसम्म पुर्याएको थियो। त्यही गीत लाइ पुन महिला स्वरमार्फत नयाँ रंग र गहिरो भावसहित पुन प्रस्तुत गरिएको हो।
भिडियोमा, बिकास राई र चाहना मगरको सशक्त अभिनय देख्न सकिन्छ। गीतको कथा निर्देसन कुसुम लता राईले र सिनेमाट्रो ग्राफर सौरभ लामा गरेका हुन् भिडियो भने चित्लाङको हरियाली र प्राकृतिक सौन्दर्यमा खिचियको हो ।
गीत सार्वजनिक भएसँगै दर्शक स्रोताबाट निकै सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। धेरैले “महिला स्वरमा झनै भावुक लाग्यो” भन्दै प्रशंसा गरेको गित लेखेको भाबी …