-‘नेपालि बजेटको बहार, संस्कृति र सिर्जना लाइ स्याहर’
अर्थतन्त्र थलियर बजार सिथिल भय पनि सरकारले बजेटको घोषणा बाट आफुलाइ खुलाउने प्रयास गरेकाे छ । अर्थमन्त्री विष्णु पौडेलले जेठ १५ मा पेस गरेको बाजेट रु १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट आर्थिक उपचार मात्र नभै सांस्कृतिक पुनर्जागरण ल्याउछ भन्ने ठानेको छु ।
शब्दमा आत्मा हुन्छ, रचनामा देश हाम्रो बजेट हामिले देखाउने फेस । बजेटको पानामा साहित्य क्षेत्र पनि राम्रै सग समेटेको छ । फिल्म सिटी परियोजना लाई यसपालि अघि बढाइने भन्ने छ । आसा गरौ काम होस ।
पुराना साहित्यिक कृतिहरू पुनर्लेखन, डिजिटल पुस्तकालयहरू स्थापना, र स्थानीय भाषामा सिर्जना गर्ने सर्जकहरूलाई अनुदान दिने घोषणाले यो बजेटमा “कविता र कलाको गन्ध” थपिएको छ यस्ले हामि साहित्य मा रुचि राख्ने प्रति खुसि छायको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका लागि १३ अर्ब ५८ करोड, र सूचना तथा सञ्चार प्रविधिमा ७ अर्ब ७२ करोड छुट्याइएको छ।
सरकारले संग्रहालय, सम्पदा संरक्षण र सांस्कृतिक मेलापर्वको प्रवर्द्धन लाई समेत प्राथमिकता दिएको छ।
युवालक्षित विनियोजित बजेट
शिक्षा मन्त्रालय (समग्र) २ खर्ब ११ अर्ब
प्राविधिक तथा व्यावसायिक शिक्षा मा ५४ अर्ब
छात्रवृत्ति तथा युवालक्षित सीप कार्यक्रममा १० अर्ब
रोजगारी प्रवर्द्धन तथा उद्यमशीलता कार्यक्रम मा ३० अर्ब
युवा तथा खेलकुद मन्त्रालय मा ६ अर्ब ८ अर्ब
नवप्रवर्तन, उद्यम अनुदान ५ अर्ब
सीप विकास तथा तालिम केन्द्रहरू CTEVT मा १० अर्ब
कृषि व्यवसायमा युवा परिचालन कार्यक्रम मा ८ अर्ब
स्वदेश फिर्ता युवा पुनस्थापना कार्यक्रम मा २ अर्ब ५० करोड
गरेर ककुल युवालक्षित लग्भग ७५/८० अर्ब जति प्रत्यक्ष वा परोक्ष रूपमा छुट्टाइयको छ ।
बजेटको समग्र रूपरेखा हेर्दा
कुल बजेट: रु १९.६४ खर्ब (पछिल्लो वर्षको तुलनामा ५.६% वृद्धि)
चालु खर्च: रु ११.८० खर्ब
पुँजीगत खर्च: रु ४.०७ खर्ब
वित्तीय व्यवस्थापन (ऋण र ब्याज): रु ३.५७ खर्ब
राजस्व लक्ष्य: रु १३.१५ खर्ब
बाँकी रकम आन्तरिक र वैदेशिक ऋणबाट जुटाइने लक्ष्य
यो बजेट केवल अर्थको हिसाबकिताब होइन, यो एक संस्कृति समीकरण पनि हो। यहाँ तलब र भत्ताको कुरा छ, तर कविता र क्यानभासको पनि स्थान छ। अब यो भाषण कागजमा मात्र होइन, यो बजेट वास्तविक परिवर्तनको प्रारम्भ बन्न सकोस ।
- रोशन
स्रोत: अर्थ मन्त्रालय, नेपाल सरकार (२०८२/८३ को बजेट दस्तावेज)