“मौनता, पछुतो र सम्बन्ध” धर्मराज लुइटेलका ३ मुक्तक

मुक्तक १
हरेक मौनता अहंकार हुँदैन
सधै जिन्दगी अन्धकार हुदैन

जिन्दगी एउटा अभिनय नै हो
र असहज बारम्बार हुदैन।

मुक्तक २
आफ्नै कारणले पीडा दिदा पछुतो लाग्छ ।
मनको भ्रमलाइ चिन्न नसक्दा पछुतो लाग्छ।

जो मान्छे घृणा गर्न पनि अयोग्य थियो रछ
उसैलाई मनमन्दिरमा राखि हिन्दा पछुतो लाग्छ।

मुक्तक ३
ढुंगालाई दोष किन लडिन्छ हिड्न नजान्दा पनि,
स्वो विवेक पुग्दैन सधै बिगृन्छ भनेको नमान्दा पनि

कति काम बिगृन्छ कति सम्बन्ध बिगृन्छ जिन्दगीमा,
हो कती सम्बन्ध बिगृदा रहेछ्न साचो भन्दा पनि ।

धर्मराज लुइटेल
दिल्पा, भोज्पुर

Back To Top