म मान्छे निकै सोझो मेरो उमेरले डाँडा काटो

म मान्छे निकै सोझो
मेरो उमेरले डाँडा काट्यो
त्यही पनि खाली मेरो गोजो
मेरो कर्म निकै खोटो
लगाउन गाह्रो एउटा जाबो भोटो
त्यो दिन सम्झिदा म त निकै रोको

जिन्दगी एउटा बोझ हो।
पैसा काहाँबाट कमाउने
सबै मान्छेको एउटा सोच हो।
म मनको निकै धनी अनि मायाको निकै भोको
सबको पापको घैँटो भरिसक्यो कोही छैन यहाँ चोखो

म देखिरहेको छु आँखा अगाडि मेरो सपना जलिरहेको
म भुल्या छैन त्यो दिन त्यो सपना साकार गर्न दुनियासँग लडिराको
खोइ के पुगेन लाइफमा म बीचमै अड्किराको
म माथि चढ्न खोज्छु तर पनि तलै सर्किराको

‘टुटेको मन’ सरोज फुयल
साकेला ४ मात्तिम , खोटाङ

Back To Top